घुमुवाका कारण जितपुर क्षेत्र दुर्गन्धित बन्दै

नवलपुर टुडे


बारा, २३ जेष्ठ । सशस्त्र प्रहरी बल नेपाल संगठनले सुचनाको निम्ति खटाइएका सादा पोशाकको टोलीलाई फिर्ता बोलाएपनि नेपाल प्रहरी संगठनमा उक्त नियमको पालना नगरी व्यापक रुपमा सादा पोशाकमा टोली परिचालन गर्ने गरिएको पाइएको छ । बारा जिल्लाको हकमा भन्ने हो भने प्रत्येक प्रहरी चौकी एक जना सादा पोशाकमा टोली परिचालन गर्ने गरेको पाइएको हो ।
सादा पोशाकमा खटाइने प्रहरीहरुको काम मात्र आर्थिक चलखेल गर्नु बाहेक अरु केही हुदैन । इलाका प्रहरी कार्यालय जितपुर बाराबाट समेत घुमुवा परिचालन गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी हवलदार लगनदेव यादवलाई सादा पोशाकमा परिचालन गरी कारोवारीहरुसँग समेत रकम असुली गरिएको गुनासो आउन थालेको छ । प्रहरीको काम कर्तव्य विपरीत घुमुवा प्रहरीले मासिक रुपमा रकम उठाउदै आएको एक पसल संचालक बताउछन ।
एक कपडा पसल संचालकका अनुसार अनुसन्धान गर्ने जिम्मा नेपाल प्रहरीलाई पाएको छ । आफुलाई पटक पटक इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको लगनदेव यादवले डराउने र धमकाउने गरेको कारण आफु मासिक रुपमा ५ हजारको दरले रकम दिने गरेको गुनासो यस अनलाइनलाई सुनाए । उहाले आफ्नो नाम गोप्य राख्ने सर्तमा प्रहरीसँग आजित हुनेमा एक्लै आफु नरहेको बताए । जितपुर बजारमा संचालन गरेका कपडा पसल संचालकहरुले दैनिक रुपमा प्रहरीको काम कारवाहीका कारण आजित बन्दै आएको बताए ।
यता प्रहरी हवलदार लगनदेव यादवले मात्र कपडा पसल संचालकसँग रकम असुली गर्दैन्न, उनले बारा र पर्सा जिल्लाको सीमाबाट भित्रिएको मालसमान ढुवानीकर्ताहरुसँग समेत रकम असुली गरेको एक प्रहरी श्रोतले जनाएको छ । श्रोतका अनुसार इलाका प्रहरी कार्यालय जितपुरका प्रमुखदेखी इलाका प्रहरी कार्यालय सिमराको नाममा समेत रकम उठाउदै आएको बताए । माथिल्लो निकायको आर्शिवादले सादा पोशाकमा परिचालन भएका यादवको काम मात्र आर्थिक कलेक्सन बाहेक केही नरहेको उनले बताए ।
बारामा बढ्दै गएको चोरी तस्करीका साथ साथै अपराधीक कृयाकलापमा निगरानी बढाउनुको साटो आर्थिक चलखेलमै सादा पोशाकको टोली सिमित हुने गरेको पाइन्छ । तसर्थः यस्ता गैर जिम्मेवार तरिकाले काम गर्ने प्रहरीहरु माथि माथिल्लो निकायको ध्यान जान अति आवश्यक देखिन्छ ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















