बैद्य माओवादीद्वारा स्थानीय निर्वाचन बहिस्कारका लागि दुई महिने कार्ययोजना

नवलपुर टुडे


रामजी प्रजापति
नवलपरासी, चैत १३ । नेकपा(क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीले स्थानीय निर्वाचन बहिस्कार सहितको दुई महिने कार्ययोजना बनाएको छ । शनिबार बर्दघाटमा भएको जिल्ला समितिको बैठकले स्थानीय निर्वाचनलाई शसक्त रुपमा बहिस्कार गर्ने निर्णय गरेको जिल्ला ईञ्चार्ज क्षेत्रबहादुर थापा क्षेत्रीले जानकारी दिए ।
महंगी, भष्ट्रचारी, बेथिति र राष्ट्रघाती एमसीसी सम्झौता भएको बेला प्रतिगामी राज्य व्यवस्थाले घोषणा गरेको कथित निर्वाचनलाई शसक्त रूपमा बहिस्कार गर्ने उनले बताए । त्यस्तैगरी क्रान्तिकारी माओवादी जिल्ला सचिवालय तथा जिल्ला समितिको पुर्ण बैठकले जिम्मेवारी समेत हेरफेर गर्दै जिल्ला सेक्रेटरी चोलाको स्वास्थ्य परिस्थितिलाई मध्यनजर गर्दै प्रदेश सदस्य समरलाई कार्यबहाक जिल्ला सेक्रटरीको जिम्मेवारी दिएको छ ।
बैठकले देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रदेश भेलाको लागि प्रतिनिधिमा जिल्ला संयोजक चुडामणी भण्डारी र कमल तमुलाई पठाउने निर्णय लिएको कार्यबहाक सेक्रेटरी समरले जानकारी दिए । उनका अनुसार चुनाव बहिस्कारका लागि पुर्व तयारी स्वरुप चैत्र १८ गते अखिल क्रान्तिकारी, १९ गते क्रान्तिकारी युवा लीगको जिल्ला बैठक र चैत्र २६ गते अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को जिल्ला भेला तथा चैत्र ३० गते किसान महासंघको जिल्ला भेला सम्पन्न गर्ने निर्णय गरिएको छ ।
त्यस्तै चुनाव बहिस्कारको सन्दर्भमा स्थानीय पार्टी कमिटीहरुको बैठक बस्ने तालिका अनुसार बर्दघाट नगर समितिको बैठक चैत्र २० गते बस्ने जिल्ला सचिवालय सदस्य तथा नगर सेक्रेटरी रामचन्द्र पोखरेलले जानकारी दिए ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















