कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा अर्थमन्त्री शर्मालाई हटाउन माग

नवलपुर टुडे
२०७८ चैत्र १३ | मध्यान्ह ०४:१२ बजे

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई हटाउनुपर्ने माग उठेको छ ।
संकटग्रस्त अर्थतन्त्रलाई उकास्न शर्माले भूमिका निर्वाह नगरेको भन्दै उनलाई हटाउन केन्द्रीय सदस्य प्रकाश स्नेहीले प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवासँग माग गरेका हुन् ।
‘तत्काल अर्थमन्त्री नहटाउने हो भने चुनाव हामी थेगौँला, तर देश थिग्रिन सक्दैन,’ स्नेहीको भनाइ छ । स्नेहीले चुनावी तालमेल गर्न नहुने मत राखेका छन् । कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेकाले एकतावद्ध रूपमा पार्टी पंक्ति निर्वाचनमा जुट्नुपर्ने उनको भनाइ थियो ।
‘एमालेले जितेको ठाउँमा नेकपा एसलाई दिन सकिएला त? हामीलाई एक्लै चुनाव लड्न सक्ने वातावरण बनाइदिनुस् सभापतिज्यू,’ बैठकमा स्नेहीको आग्रह थियो ।






















