राजनीति

पोल खोलिदिएको भन्दै अर्बपति बिनोद चौधरीसंग गोकुल बाँस्कोटा फायर !

नवलपुर टुडे
२०७८ चैत्र ११ | बिहान ११:१२ बजे

काठमाडौ । नेपालका एक मात्र डलर अर्बपति विनोद बिनोद चौधरीको कम्पनी सीजी टेलिकमलाई एक दशक नाघिसक्दा पनि बेसिक टेलिफोन र मोबाइल फ्रिक्वेन्सीको लाइसेन्स नदिएको भन्दै पूर्व सञ्चारमन्त्री गोकुल बाँसकोटाको पोल खोलिएको छ ।

चौधरीका जेठा छोरा निर्वाणले विगतमा मन्त्री हुँदा बाँसकोटासँग भएका कतिपय अन्तरंग सहमति सामाजिक सञ्जालमा पोष्ट गरेपछि बाँसकोटा ‘फायर’ भएका हुन् ।

सबैकुरा मिलिसकेको अवस्थामा चौधरीले सपरिवार स्विट्जरल्याण्ड र स्पेन घुमाएर ल्याएपछि बाँसकोटा बाउँठिएको र कम्पनीलाई उक्त सेवाको अनुमति नदिइएको रहस्य खुलाइएको हो ।

चौधरीले आफ्नो कम्पनीलाई लाइसेन्स दिने क्याबिनेट निर्णयपछि बाँसकोटा सीजी टेलिकम लञ्चका लागि स्पेनको बार्सिलोना गएको अर्थ लाग्नेथरी ट्विट गरेका छन् ।

कमेन्टहरु