एमसिसी पारित पछि राजनीतिक अन्यौलकाे निकास : प्रचण्ड

जगत ठाडा मगर


काठमाडौं, फागुन १६ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतनिधिसभा संसदबाट अनुमोदन भएसँगै राष्ट्रिय राजनीति र खासगरी गठबन्धनमा देखिएको अन्यौल अन्त्य भएको बताउनुभएको छ ।
राजनीतिक समीकरण नयाँ ढंगबाट अघि बढ्ला कि भन्ने अवस्थामा अब गठबन्धन कायमै रहने एवम् सरकार सञ्चालन हुने उहाँले भन्नुभएको छ ।
‘राजनीतिक अन्यौलकाे निकास दिइएको छ । सरकार बच्ला वा नबच्ला वा अर्को समीकरण बन्ने हो कि भन्ने अवस्था थियो । ती सबै अन्यौलताको अन्त्य भयो र गठबन्धन कायम रहन्छ ।’, उहाँले बताउनुभयो ।
खुमलटारस्थित माओवादी केन्द्रीय कार्यालयमा एक पत्रकार सम्मेलनमार्फत उहाँले विगतमा नेकपाको सरकारमा पनि एमसीसीबारे निकास दिन खोजिएको विषय प्रष्ट पार्नुभयो । ‘पछिल्लो पटक नेकपाकै सरकार भएको बेलामा यो विषय विवादित थियो ।
नेकपाको अध्यक्षको हैसियतले केन्द्रीय कमिटीमा गहिरो अध्ययनसहित यसलाई निष्कर्शमा पुग्न उचित हुन्छ र यथास्थितिमा पास गर्दा राष्ट्रघात हुन्छ भन्ने भयो ।’, यसैका लागि झलनाथ खनालको संयोजकत्वमा भीम रावल र प्रदीप ज्ञवालीसहितका नेताहरुको कार्यदल बनाइएको उहाँले स्मरण गराउनुभयो ।
संसदमा कुनै प्रस्ताव लगेर एमसीसीमा समाधान निकाल्न तात्कालीन अवस्थमा प्रतिपक्षी दलमा रहेको हैसियतले हालका प्रधनमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेको उहाँले खुलाउनुभयो ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















