कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

जगत ठाडा मगर
२०७८ माघ २७ | बिहान ०७:१० बजे

काठमाडौं, माघ २७ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ।
दिउँसो २ बजे पार्टी कार्यालय, सानेपामा बस्ने बैठकमा पार्टीमा म्याद समाप्त भएका भातृ एवं शुभेच्छुक संस्था र बाँकी जिल्ला अधिवेशनको विषयमा छलफल हुने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
यस्तै सरकारले निर्वाचनको मिति घोषणा गरिसकेकाले यसको बारेमा पनि छलफल हुने पौडेलले बताए। बैठकमा भातृ संगठन, जिल्ला अधिवेशनका बारेमा छलफल हुने छ।






















