बागमती प्रदेश बुद्धिचाल छनोट र्यापिड तथा ब्लिट्ज सम्पन्न

राजु ताम्राकार

सारांश
- दशौँ राष्ट्रिय बृहत खेलकुदका लागि बागमती प्रदेश खेलकुद विकास परिषद्ले बुद्धिचालतर्फ क्लासिकल, र्यापिड र ब्लिट्ज विधाका लागि १२ जना खेलाडीहरूको छनोट सम्पन्न गरेको छ।
- र्यापिड बुद्धिचालको पुरुषतर्फ चितवनका सत्यम शर्मा र महिलातर्फ पनि चितवनकै लक्ष्मी कँडेल प्रथम हुन सफल भएका छन्।
- ब्लिट्ज विधातर्फ पुरुषमा नवीन तण्डुकार र महिलामा ओजस्वी श्रेष्ठले पहिलो स्थान हासिल गर्दै उपाधि जितेका छन्।

ललितपुर, मंसिर ९ । दशौँ राष्ट्रिय बृहत खेलकुदका लागि बागमती प्रदेश खेलकुद विकास परिषद्ले बुद्धिचाल विधातर्फ बुधबार र्यापिड तथा प्लिज खेलको छनोट सम्पन्न गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्ले क्लासिकल, र्यापिड तथा ब्लिट्ज विधामा दुई पुरुष दुई महिला छनोट गर्ने प्रावधान बनाए अनुरुप बागमती प्रदेश खेलकुद विकास परिषदले १२ जना खेलाडी छनौट गरेका छन् ।
बौद्धिक बुद्धिचाल खेल प्रतिस्पर्धाबाट पुरुष तर्फ क्लासिकल विधामा ललितपुरका कमल श्रेष्ठ र सुरोज महर्जन, र्यापिडतर्फ चितवनका सत्यम शर्मा र दोलखाका राजिव कार्की, ब्लिट्ज तर्फ काठमाडौँका सीएम नवीन तण्डुकार काभ्रेका शैलेन्द्र न्यौपाने छनोट हुन सफल रहे।
यसैगरी महिला विधातर्फ क्लासिकलमा ग्लोसी र नेलिसा ओझा, र्यापिड तर्फ चितवनका लक्ष्मी कँडेल र दिपाञ्जली नगरकोटी, ब्लिट्ज तर्फ ओजस्वी श्रेष्ठ र परिधि खत्री छनोट हुन सफल भएका छन् ।

बागमती प्रदेश र्यापिड बुद्धिचाल छनोटमा चितवनका सत्यम शर्मा प्रथम भएका छन्। नेपाल चेस एसोसिएसनले सार्वजनिक गरेको सात चरणको अन्तिम नतिजाअनुसार शर्माले ६ अंक हासिल गर्दै उपाधि जितेका हुन्।
त्यसैगरी दोलखाका राजीव कार्की ५.५ अंकसहित दोस्रो भए भने नुवाकोटका सुरेन्द्र लामा समान ५.५ अंक प्राप्त गर्दै टाइब्रेकका आधारमा तेस्रो स्थानमा रहे।
महिलातर्फ चितवनकी लक्ष्मी कँडेल ५ अङ्क जोडेर प्रथम भएकी छिन्। दीपाञ्जली नगरकोटी ४.५ अंक जोड्दै द्वितीय बने भने ओजस्वी श्रेष्ठ ४ अंक तृतीय पनि भइन् ।
यसैगरी सम्पन्न ब्लिट्ज विधाको पुरुषतर्फ नवीन तण्डुकार प्रथम भएका छन्। ६ अंक हासिल गर्दै तण्डुकारले उपाधि जितेका हुन्। काभ्रेका शैलेन्द्र न्यौपाने ५.५ अंकसहित दोस्रो भए भने काठमाडौंका मोहम्मद इमरान खान ५ अंक प्राप्त गर्दै टाइब्रेकका आधारमा तेस्रो स्थानमा रहे।

प्रतियोगितामा ब्लिट्ज विधाको महिलातर्फ ओजस्वी श्रेष्ठ प्रथम भएकी छन्। सात चरणको खेलमा ६.५ अंक हासिल गर्दै श्रेष्ठले उपाधि जितेकी हुन्। काठमाडौंकी परिधि खत्री ६ अंकसहित दोस्रो स्थानमा रहिन् भने ललितपुरकी सुवेच्छा घिमिरे ४.५ अंक प्राप्त गर्दै तेस्रो भइन्।
लगत्तै विजयी एवं छनौट हुन सफल खेलाडीहरूलाई नेपाल बुद्धिचाल महासंघका प्रवक्ता एवं प्राविधिक संयोजक राजु ताम्राकारले मेडल तथा प्रमाणपत्र वितरण गरेका छन्। ताम्राकारले दशौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशका खेलाडीहरूले पदक प्राप्त गर्ने विश्वास लिएका छन्।

ग्रीनल्यान्ड स्कुलमा तीन दिने खेलकुद सम्मेलन सुरू

नवलपरासीका पत्रकारहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि सामूहिक गिरफ्तारी दिदै

वित्तीय उत्पीडित तथा किसान मजदुर संगठनकाे रुपन्देही जिल्ला समिति र कार्यलय निर्माण

घोप्टेभीरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने

जलवायु परिवर्तनले मेटाउँदै प्राचीनतम मानव कला, इन्डोनेसियाका हजारौँ वर्ष पुराना गुफाचित्र जोखिममा
अरुपनि पढ्नुहोस
सबै
बङ्गलादेशी गार्मेन्ट कामदारको न्यूनतम ज्याला ३६ प्रतिशत वृद्धि

पत्रकार महासंघ सप्तरीद्वारा सामूहिक गिरफ्तारी आन्दोलन

नेपालमै उत्पादित खसीबोका भारत निर्यात, नेपाली मासु पसल बन्द हुने अवस्थामा

काठमाडौँ–धुलिखेलमैत्री पार्क निर्माण सम्झौता
















