अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

नवलपुर टुडे

सारांश
- त्रिभुवन विश्वविद्यालयले विश्वका विभिन्न देशका विश्वविद्यालयहरूसँग शैक्षिक सहकार्य विस्तार गर्न स्थायी प्राध्यापकहरूबाट ‘कन्ट्री फोकल पर्सन’ का लागि आवेदन माग गरेको छ।
- चयन हुने प्राध्यापकहरूले पुराना सम्झौता नवीकरण, संयुक्त अनुसन्धान, विद्यार्थी तथा प्राध्यापक आदानप्रदान र विदेशी विद्यार्थी आकर्षण गर्नेलगायतका जिम्मेवारी पूरा गर्नेछन्।
- इच्छुक प्राध्यापकहरूले आगामी मङ्सिर १० गतेभित्र अन्तरराष्ट्रिय अनुभव र दुई वर्षे कार्ययोजनासहित अनलाइन आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वका विभिन्न मुलुकका विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँग शैक्षिक सहकार्य विस्तार गर्न ‘कन्ट्री फोकल पर्सन’ नियुक्तिका लागि आवेदन माग गरेको छ ।
सो विश्वविद्यालयको उपकुलपतिबाट नियुक्त हुने प्रावधानसहित अन्तरराष्ट्रिय सम्बन्ध केन्द्रले स्थायी प्राध्यापकहरूबाट सो जिम्मेवारीमा नियुक्त गर्ने प्रक्रियाअन्तर्गत आशयपत्र माग गरेको हो ।
सो भूमिकामा नियुक्त हुने प्राध्यापकको सम्बन्धित देशका विश्वविद्यालयसँग भएका पुराना सम्झौतालाई सक्रिय बनाउने, संयुक्त अनुसन्धान तथा विद्यार्थी–प्राध्यापक आदानप्रदान प्रर्वद्धन गर्ने, अनुसन्धानका लागि आर्थिक स्रोत खोज्ने र विदेशी विद्यार्थीलाई त्रिविमा आकर्षित गर्न सहजीकरण गर्ने जिम्मेवारी तोकिएको छ ।
त्रिविका अनुसार आगामी मङ्सिर १० गतेसम्म अनलाइनमार्फत आवेदन दिनसक्ने जानकारीसहित आवेदकको अन्तरराष्ट्रिय अनुभव, व्यक्तिगत विवरण र आगामी दुई वर्षको ठोस कार्ययोजना संलग्न हुनुपर्ने छ ।
यसै सन्दर्भमा आवेदक प्राध्यापकहरूमध्येबाट अन्तरराष्ट्रिय अनुभव, सम्बन्धित देशसँगको पूर्वसम्पर्क र सहकार्य विस्तार गर्न सक्ने क्षमताका आधारमा ‘कन्ट्री फोकल पर्सन’ छनोट गरिने त्रिविले स्पष्ट गरेको छ ।

पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च

चीन र क्यानडाबिच व्यापार सम्झौता विस्तार, ४० करोड क्यानेडियन डलरका वस्तुमा भन्सार छुट

जापानी हवाई क्षेत्रमा रुसी विमान प्रवेश, लडाकू जेट परिचालन

आन्तरिक पर्यटकको रोजाइ बन्दै गुल्मीको रेसुङ्गा पार्क, ४० हजारभन्दा बढीले गरे अवलोकन

कोप–३१ को कभर डिसिजनमा नेपाल, भुटान र किर्गिजस्तानको पर्वतीय प्रस्ताव समावेश
अरुपनि पढ्नुहोस
सबै
जाडो बढेसँगै पूर्वी तराईमा तातो भक्काको व्यापार चम्कियो, गृहिणीलाई हिउँदको सहारा

मध्यावधि निर्वाचनको धक्कापछि एसिया भ्रमणबाट शक्ति प्रदर्शन गर्ने दाउमा ट्रम्प

बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न देउसी, भैलो

‘काव्यनगरी’ हेम्जामा दोस्रो साहित्य महोत्सव हुँदै
















