एनपीएल : सोमपाल र गुलशनले कर्णाली याक्सलाई जिताए, विराटनगर किंग्सको दोस्रो हार

नवलपुर टुडे

सारांश
- नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै रोमाञ्चक जित हासिल गरेको छ।
- विराटनगरले दिएको १८७ रनको विशाल लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो, जसमा कप्तान सोमपाल कामीले अविजित ६२ रनको शानदार पारी खेले।
- यस जितसँगै कर्णालीले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ भने विराटनगरले लगातार दोस्रो हार बेहोरेको छ।

काठमाडौं। कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा विराटनगर किंग्समाथि रोमाञ्चक जित हासिल गरेको छ।विहिबार सम्पन्न दोस्रो खेलमा कर्णालीले विराटनगरलाई ४ विकेटले पराजित गरेको हो।
विराटनगर किंग्सले दिएको १८७ रनको विशाल लक्ष्य पछाएको कर्णाली याक्सले १९.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।
कर्णालीका लागि कप्तान सोमपाल कामीले अविजित ६२ रनको शानदार पारी खेलेका थिए। सोमपालले ३२ बलमा ६२ रन बनाएका थिए। त्यस्तै पवन सराफले ३६, अरिफुल इस्लामले ३२ र गुलशन झाले अविजित २८ रनको योगदान दिएका थिए।
त्यस्तै, विराटनगरका बलर एन्जेलो म्याथ्युजले ३ विकेट लिए भने सन्दीप लामिछाने, प्रतिष जिसी र चारिथ असलंकाले एक एक विकेट लिएका थिए। यसअघि टस हारेर पहिला ब्याटिंग गरेको विराटनगर किंग्सले २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो।
विराटनगरका लागि लोकेश बमले सर्बाधिक ८७ रन बनाएका थिए। बमले ५२ बलमा ३ छक्का र ९ चौका प्रहार गर्दै ८७ रन बनाएर आउट भएका थिए। त्यस्तै एन्जेलो म्याथ्युजले ३१, आन्द्रे रसेलले २७ रनको योगदान दिएका थिए। त्यस्तै बसिर अहमदले १३ रन बनाएका थिए। त्यसैगरी, कर्णाली याक्सका बलर कप्तान सोमपाल कामीले ४ विकेट लिए भने मार्क वाट र नन्दन यादवले एक एक विकेट लिएका थिए।
यो जितसँगै कर्णाली याक्सले लगातार दोस्रो जित हासिल गरेको छ भने विराटनगरले लगातार दोस्रो हार बेहोरेको छ।

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा

अरुपनि पढ्नुहोस
सबै
मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत

राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गरिँदै
















