Opens in a new tab

एनपिएल तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा

नवलपुर टुडे

325Shares

सारांश

  • नेपाल क्रिकेट संघ (क्यान) का अनुसार तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को ९५ प्रतिशतभन्दा बढी तयारी पूरा भएको छ।
  • आइसिसीबाट आधिकारिक स्वीकृति प्राप्त यस प्रतियोगिताका लागि सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेका छन्।
  • क्यानले खेलाडीको सहभागितासम्बन्धी समाचार सम्प्रेषण गर्नुअघि आधिकारिक पुष्टि गर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेको छ।

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सञ्चालन हुन लागेको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को सम्पूर्ण तयारी पूरा भएको छ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गरी क्यानले तयारी ९५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको जानकारी दिएको हो। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले प्रतियोगिता सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको बताए।

चाडपर्वका कारण केही प्रक्रियागत काममा सामान्य ढिलाइ भए पनि प्रतियोगिता तोकिएकै कार्यतालिकाअनुसार भव्य रूपमा सञ्चालन हुने क्यानको भनाइ छ।

खड्काका अनुसार यो प्रतियोगिता आइसिसीबाट आधिकारिक स्वीकृति प्राप्त भएकाले यसको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय स्तरमै पर्नेछ।

यसै सन्दर्भमा क्यानले खेलाडीहरूको सहभागिताबारे आधिकारिक पुष्टि नभई भ्रामक समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेको छ।

सम्बन्धित टिम व्यवस्थापन र क्यानको आधिकारिक धारणा नलिई खेलाडीबारे अपुष्ट विवरण आउँदा अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश जाने भन्दै संघले सचेत गराएको हो।

उनले भने, ‘प्रतियोगिताको करिब ९५ देखि ९९ प्रतिशत तयारी पूरा भइसकेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट स्वीकृति प्राप्त भएसँगै प्रतियोगिताको जिम्मेवारी पनि बढेको छ। त्यसैले खेलाडीको सहभागिता तथा अन्य समाचार प्रकाशन गर्नुअघि नेपाल क्रिकेट संघ वा सम्बन्धित टोलीसँग आधिकारिक जानकारी पुष्टि गरिदिन सञ्चारकर्मीहरूलाई अनुरोध गर्दछौँ।’

तेस्रो संस्करणको एनपिएल सोमबारदेखि सुरु हुँदैछ।

भारतको अरुणाचलमा झडप, ४० प्रहरी घाइते

२०८३ कार्तिक ८ | मध्यान्ह ०४:०७ बजे

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको पूजा अर्चना

२०८३ कार्तिक ८ | मध्यान्ह ०३:०७ बजे

बैतडीमा भूकम्पको धक्का

२०८३ कार्तिक ८ | मध्यान्ह ०३:०७ बजे

रौतहटमा नेकपा एमालेको जागरण अभियान

२०८३ कार्तिक ८ | मध्यान्ह ०३:०७ बजे

अरुपनि पढ्नुहोस

सबै