Opens in a new tab

भारतको अरुणाचलमा झडप, ४० प्रहरी घाइते

रासस

329Shares

सारांश

  • भारतको अरुणाचल प्रदेशमा प्रस्तावित ११ हजार २०० मेगावाट क्षमताको जलविद्युत् परियोजनाको विरोधमा भएको प्रदर्शनले उग्र रूप लिँदा प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप भएको छ।
  • प्रदर्शनकारीहरूले प्रहरी चौकी, सरकारी कार्यालय र जनप्रतिनिधिका घरमा तोडफोड तथा आगजनी गर्दा करिब ४० जना प्रहरी घाइते भएका छन् भने मुख्यमन्त्री पेमा खाण्डुले स्थानीय बासिन्दालाई हिंसा छाडेर वार्तामा आउन आग्रह गरेका छन्।
  • चीनले तिब्बतमा बनाउन लागेको विशाल बाँधको प्रभावलाई सन्तुलनमा ल्याउन भारतले यो परियोजना अघि बढाएको भए पनि स्थानीय समुदायले घर र जमिन गुमाउने जोखिमका कारण यसको तीव्र विरोध गरिरहेका छन्।

नयाँ दिल्ली । चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच भारतको अरुणाचल प्रदेशमा झडप भएको छ । प्रदर्शनकारीले प्रहरी चौकी, सरकारी कार्यालय र जनप्रतिनिधिका घरमा तोडफोड गर्नुका साथै केही भवनमा आगजनी गरेका सरकारी अधिकारीले बताएका छन् ।

मुख्यमन्त्री पेमा खाण्डुका अनुसार, सरकारी जलविद्युत् कम्पनी एनएचपीसीले निर्माण गर्ने प्रस्ताव गरेको ११ हजार २०० मेगावाट क्षमताको ‘सियाङ अपर मल्टिपर्पज प्रोजेक्ट’विरुद्धको प्रदर्शनका क्रममा शुक्रबार राति हिंसा भड्किएको थियो । खाण्डुले भीडले ठूलो मात्रामा सम्पत्ति नष्ट गरेको बताए ।

प्रदर्शनकारीले प्रहरी चौकी र एनएचपीसीको कार्यालयमा तोडफोड गर्नुका साथै निर्वाचित जनप्रतिनिधिका घरमा लुटपाट गरेका उनले जानकारी दिए ।

प्रदर्शनकारीले हानेको ढुंगा लागेर करिब ४० प्रहरी घाइते भएका छन् । भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

मुख्यमन्त्री खाण्डुले परियोजनाको विरोध गरिरहेका स्थानीयलाई हिंसाको बाटो त्यागेर सरकारसँग वार्ता गर्न आग्रह गरे ।

भारतले चीनले तिब्बतमा निर्माण गर्न लागेको विशाल जलविद्युत् परियोजनाको सम्भावित प्रभावलाई ध्यानमा राख्दै आफ्नो बाँध परियोजना आवश्यक रहेकामा जोड दिँदै आएको छ । करिब १६७ अर्ब अमेरिकी डलर लागत अनुमान गरिएको चिनियाँ परियोजना विश्वकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना बन्न सक्ने जनाइएको छ ।

चिनियाँ बाँधका कारण ब्रह्मपुत्र नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव प्रभावित हुन सक्ने भारतको चिन्ता छ । प्रस्तावित भारतीय बाँधमा विशाल जलाशय निर्माण गरी नदीमा पानीको बहाव कायम राख्न सकिने नयाँ दिल्लीको भनाइ छ । तर, बेइजिङले आफ्नो परियोजनाले तल्लो तटीय क्षेत्रमा कुनै नकारात्मक असर नपार्ने जिकिर गरेको छ ।

भारतको प्रस्तावित बाँध परियोजनाको स्थानीय समुदायले पनि विरोध गर्दै आएका छन् । परियोजना निर्माण भए आफूहरूले घर र जमिन गुमाउनुपर्ने उनीहरूको चिन्ता छ ।

यो विवादले भारत र चीनबीच हिमालय क्षेत्रमा कायम सीमा तनावलाई थप उजागर गरेको छ । चीनले अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतको हिस्सा दाबी गर्दै आएको छ । भारतले उक्त राज्य आफ्नो अभिन्न भूभाग भएको जनाउँदै आएको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शुक्रबार सीमा क्षेत्रमा तनाव व्यवस्थापन गर्न दुवै देशका अधिकारी नियमित सम्पर्कमा रहेको बताएका थिए ।

उनका अनुसार, सीमा क्षेत्रमा चिनियाँ सेनाले नियमित गस्तीको स्थापित ढाँचाभन्दा फरक गतिविधि गर्दा बेलाबेलामा तनाव उत्पन्न हुने गरेको छ । दुवै पक्षले कूटनीतिक तथा सैन्य संयन्त्रमार्फत बाँकी विवाद समाधान गर्न र गलत बुझाइबाट उत्पन्न हुन सक्ने तनाव रोक्न प्रयास गरिरहेको उनले बताए । रासस/एएफपी

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको पूजा अर्चना

२०८३ कार्तिक ८ | मध्यान्ह ०३:०७ बजे

बैतडीमा भूकम्पको धक्का

२०८३ कार्तिक ८ | मध्यान्ह ०३:०७ बजे

रौतहटमा नेकपा एमालेको जागरण अभियान

२०८३ कार्तिक ८ | मध्यान्ह ०३:०७ बजे

सुनको मूल्य ११ हजार ६०० रुपैयाँले घट्यो

२०८३ कार्तिक ८ | बिहान ११:०७ बजे

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

२०८३ कार्तिक ८ | बिहान १०:०७ बजे