गाउँमै रोजगारी: अल्लोको धागोबाट कपडा बुन्दै

उमेश रोकाया

सारांश
- बाजुरा हिमाली गाउँपालिकाकी धना बुढाले संस्थाबाट प्राप्त अल्लोको धागो निकाल्ने तालिम पछि सिलाई-कटाई र अल्लोका विभिन्न कपडा बनाउने व्यवसाय सुरु गरेकी छिन्।
- उनले विगत दुई महिनादेखि मेसिनको सहयोगमा अल्लोबाट झोला, क्याप र कपडाहरू उत्पादन गरी ८ जनाको परिवारको पालनपोषण तथा पढाइ खर्च जुटाउँदै आएकी छिन्।
- खेर गइरहेको स्थानीय कच्चਾ पदार्थको सदुपयोग गरी स्वदेशमै स्वरोजगार बनेकी उनले व्यवसायलाई व्यवस्थित बनाउन सरकारबाट सहयोगको अपेक्षा गरेकी छिन्।

बाजुरा, कार्तिक २ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका-२ नातिखोलाकी ४६ वर्षीया धना बुढा अचेल आफ्नै गाउँमा सिलाई-कटाई र अल्लोबाट धागो निकालेर आम्दानीको स्रोत बनाउन व्यस्त छिन्।
आन्तरिक तथा बाह्य पर्यटकका लागि सम्भावना बोकेको स्थानीय कच्चा पदार्थ (अल्लो) लाई सदुपयोग गर्दै उनले कपडा बुन्ने र विभिन्न सामग्री तयार पार्ने काम सुरु गरेकी हुन्। आई.एन.एफ. संस्थाले दिएको २० दिने ‘अल्लोबाट धागो निकाल्ने तालिम’ पछि उनले यो व्यवसायलाई अघि बढाएकी हुन्।
अहिले उनले गाउँमै अल्लोको धागोबाट झोला, क्याप, पाइन्ट, सर्ट र कोटका लागि कपडाहरू उत्पादन गर्दै आएकी छन्। “खेर गइरहेको स्थानीय वस्तुलाई सदुपयोग गरेर घरमै व्यवसायी बन्न सकिन्छ,” धना भन्छिन्, “सुरुमा सरकार तथा गैरसरकारी संस्थाहरूले धेरैलाई तालिम त दिन्छन्, तर धेरैजसोले त्यसलाई व्यवहारमा ल्याउँदैनन्।
मैले भने पाएको सीपलाई प्रयोगमा ल्याएर आफ्नै गाउँमा काम सुरु गरेकी हुँ।” धनाका अनुसार स्वदेशमै साना-तिना उद्योग र कलकारखाना खोलेर बस्न सकिने सम्भावना भए पनि आर्थिक अभावका कारण धेरै युवाहरू विदेशिन बाध्य छन्। संस्थाले उपलब्ध गराएको मेसिनको मद्दतले विगत २ महिनादेखि सिलाई-कटाई गरिरहेकी धनाले यसैबाट ८ जनाको परिवार (श्रीमान् जबलाल बुढा र बालबच्चा) को पालनपोषण तथा पढाइ खर्च जुटाइरहेकी छन्।
आफ्नो सानो प्रयासबाट परिवारको सामान्य घरखर्च धान्न सहज भए पनि व्यवसायलाई अझै ठूलो र व्यवस्थित बनाउन सरकारी निकायबाट सहयोग र अनुदान पाउन सके थप राहत पुग्ने आशा उनले व्यक्त गरेकी छन्।

राजविराज विमानस्थलमा १० घण्टाभन्दा बढी उडान ढिलाइ, यात्रुलाई सास्ती

पाल्पाका तीन परिवारलाई तिहारको उपहार: भूकम्प प्रतिरोधी घर

वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या

पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ

अरुपनि पढ्नुहोस
सबै
विशेष गाउँसभाबाट थप बजेट विनियोजन

जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह

बालविवाह रोक्न कानुनसँगै सामाजिक सोच परिवर्तनमा जोड

गण्डकी र कोसी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
















