Opens in a new tab

प्रहरीले रास्वपाका नेता तथा कमेडियन हिमेश पन्तलाई भन्यो– अब यस्तो कुरा लिएर यहाँ नआउनू

नवलपुर टुडे

4.2KShares

सारांश

  • वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र रास्वपा नेता हिमेश पन्तबीच नेपाल प्रहरीको साइबर ब्युरोमा आपसी मिलापत्र भएको छ।
  • परिवारको विषयलाई लिएर समाचार प्रकाशन भएपछि उनीहरूले एकअर्काविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गराएका थिए।
  • छलफलका क्रममा भविष्यमा सामाजिक सञ्जालमा व्यक्तिगत रूपमा टार्गेट गरेर नलेख्ने सहमति भएको छ।
dida bag ad
काठमाडौ । वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कमेडियन हिमेश पन्तबीच मिलापत्र भएको छ । समाचार प्रकाशनको विषयलाई लिएर सामाजिक सञ्जालमा वाक युद्ध हुँदै एकअर्काविरुद्ध कानुनी लडाइँमा उत्रिएका श्रेष्ठ र पन्तबीच शनिबार नेपाल प्रहरीको साइबर ब्युरोमा मित्रापत्र भएको हो ।

आफ्नो परिवारको बारेमा जनआस्था डटकममा समाचार प्रकाशन भएपछि पन्तले सो मिडियाका प्रधानसम्पादकसमेत रहेका श्रेष्ठविरुद्ध शुक्रबार ब्युरोमा उजुरी दिएका थिए । त्यसलगत्तै श्रेष्ठले पनि आफ्नो चरित्रहत्या गरेको भन्दै पन्तविरुद्ध ब्युरोमै उजुरी दिएका थिए ।

दुवै जनाको उजुरीपछि ब्युरोको टोलीले शनिबार बिहान पत्रकार श्रेष्ठलाई ललितपुरस्थित निवासबाट नियन्त्रणमा लिएको थियो । भने, पन्तलाई पनि ब्युरोमा छलफलका लागि बोलाएको थियो । छलफलपछि दुई जनाबीच मिलापत्र भएको हो । ‘दुई जनाबीच एकअर्कालाई व्यक्तिगत रूपमा टार्गेट गर्ने खालको कुरा सामाजिक सञ्जालमा नलेख्ने सहमतिपछि मिलापत्र भएको छ,’ ब्युरोका प्रहरी अधिकारीले भने ।

यस क्रममा प्रहरीले पन्तलाई भविष्यमा समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीमा नआउन सुझावसमेत दिएको छ । प्रहरी अधिकारीले भने, ‘उहाँ (हिमेश) लाई अब समाचारको विषय भएमा पहिला यहाँ (साइबर ब्युरो) नभएर प्रेस काउन्सिलमा जान सुझाव दिइएको छ ।’

हिउँदमा किन बढ्छ चाया ?

२०८३ कार्तिक २९ | बिहान ०६:०७ बजे

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२०८३ कार्तिक २९ | बिहान ०६:०७ बजे

बङ्गुरपालनबाट मनग्य आम्दानी

२०८३ कार्तिक २९ | बिहान ०६:०७ बजे