आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

नवलपुर टुडे

सारांश
- नेपालमा पश्चिमी वायुको आंशिक प्रभावले हिमाली र पहाडी भूभागमा आंशिकदेखि साधारणतया बादल लागेको छ।
- आज कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही स्थानमा चट्याङ, असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
- सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुन सक्छ।

काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो देशको हिमाली भूभाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ ।
बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको केहि स्थानमा तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा चट्याङ र असिना सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
आज राति देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भूभाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
सोमबार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

खराब कर्जा असुलीमा अर्थमन्त्री डा. वाग्लेको जोड

दशौँ राष्ट्रिय खेलकुदका निम्ति आर्मीको फुटबल टोली सुर्खेतमा

मुगु जिप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या चार पुग्यो

‘किलर रोबोट’ नियन्त्रणका लागि राष्ट्रसङ्घमा बहस

कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा
अरुपनि पढ्नुहोस
सबै
जलवायु न्याय, वित्त र पर्वतीय विषय हाम्रा मुद्दा हुन् : मन्त्री चौधरी

सौराहामा पहिलो पटक नेपथ्य लाइभ, तयारी अन्तिम चरण

दाँतको दुखाइमा किन प्रभावकारी हुन्छ ल्वाङ?

















