बर्दिया दुर्घटनामा दुई जनाको मृत्यु, १५ जना घाइते

नवलपुर टुडे

सारांश
- बर्दियाको गुलरियास्थित हुलाकी सडक खण्डमा मिनिबस र मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
- दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार एक पुरुषको उपचारका क्रममा बर्दिया जिल्ला अस्पतालमा मृत्यु भएको हो।
- सो दुर्घटनामा परी बस चालकसहित १५ जना घाइते भएका छन् भने गम्भीर घाइतेहरूलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ।

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडक खण्डमा मोटरसाइकलसँग ठोक्किएर यात्रुवाहक मिनिबस पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
शनिबार दिउँसो गुलरियाबाट नेपालगन्जतर्फ जाँदै गरेको बा.५ ख ५६०५ नम्बरको मिनिफोर्स बस र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक ३४ वर्षीय हुकुमबहादुर खत्री र मोटरसाइकलको पछाडि सवार पहिचान नखुलेका अन्दाजी ५५ देखि ६० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै जनालाई उपचारका लागि बर्दिया जिल्ला अस्पताल गुलरिया पुर्याइएकोमा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । दुर्घटनामा बस चालकसहित १५ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको छ भने केही सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । घाइतेमध्ये बस चालक गुलरिया नगरपालिका–८ का ४० वर्षीय हरि चौधरीको दाहिने हातमा चोट लागेको छ । उनको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ ।
त्यस्तै, मधुवन नगरपालिका–९ की २६ वर्षीया ललिता चौधरी, मधुवन नगरपालिका–५ का १८ वर्षीय सुरजबहादुर राजी र १७ वर्षीय संगम वलीलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । अन्य घाइतेहरूको बर्दिया जिल्ला अस्पतालमै उपचार भइरहेको छ । सामान्य चोट लागेका केही घाइते उपचारपछि डिस्चार्ज भएका छन् । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
अरुपनि पढ्नुहोस
सबै
लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
















