बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

नवलपुर टुडे

सारांश
- राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको संरक्षण र हेरचाह योजनाका लागि परोपकारी सङ्घसंस्था तथा व्यक्तिहरूसँग आवेदन आह्वान गरेको छ।
- रसुवा र नुवाकोटमा बाढीबाट प्रभावित १८ वर्षमुनिका ५८४ जना बालबालिकालाई उक्त योजनामा समेटिने छ जसमा अभिभावक गुमाएका र विशेष संरक्षण आवश्यक भएकाहरूलाई प्राथमिकता दिइनेछ।
- बाढीपीडित बालबालिकाको शिक्षा, स्वास्थ्य, मनोसामाजिक परामर्श र दीर्घकालीन पुनःस्थापनालाई मुख्य चुनौतीको रूपमा लिइएको छ।

काठमाडौँ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको संरक्षण, हेरचाह तथा स्याहार योजनामा समावेश हुन परोपकारी सङ्घसंस्था तथा व्यक्तिहरूसँग आवेदन आह्वान गरेको छ ।
परिषद्ले सार्वजनिक रूपमा सूचना जारी गर्दै सम्बन्धित वडा कार्यालयमार्फत निवेदन पेस गर्न अनुरोध गरेको छ । बाढीबाट रसुवा र नुवाकोटका ५८४ जना बालबालिका प्रभावित भएका छन् । योजनामा १८ वर्षमुनिका बालबालिकालाई मात्र समावेश गरिने छ ।
बालबालिका स्वयं वा संरक्षक घाइते भएका कारण उचित संरक्षण पाउन नसकेका तथा बालबालिकासम्बन्धी ऐन, २०७५ बमोजिम विशेष संरक्षणको आवश्यकता भएका बालबालिका पनि योजनामा समेटिनेछन् ।
बाढीका कारण अभिभावक गुमाएका तथा परिवारबाट विस्थापित भएका बालबालिकाको संरक्षण, शिक्षा, स्वास्थ्य, मनोसामाजिक परामर्श र दीर्घकालीन पुनःस्थापना प्रमुख चुनौती बनेको परिषद्ले जनाएको छ ।

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु
अरुपनि पढ्नुहोस
सबै
स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की

सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना
















