सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

नवलपुर टुडे

सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छठ पर्वको अवसरमा पत्नीसहित जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाआजा गर्नुभएको छ।
- उहाँले धनुषा र महोत्तरीका विभिन्न धार्मिकस्थलहरू जस्तै लक्ष्मीनारायण मन्दिर र जलेश्वरनाथ मन्दिरमा पनि पूजार्चना गर्नुभएको छ।
- सभापति लामिछाने आज अपराह्न जनकपुरको प्रसिद्ध गङ्गासागरमा आयोजित छठ पूजा कार्यक्रममा पनि सहभागी हुनुहुनेछ।

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धनुषा र महोत्तरीका विभिन्न धार्मिकस्थलमा पूजार्चना गरेका छन्। छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर आएका सभापति लामिछानेले आज बिहान जानकी मन्दिरमा पूजाआजा गरेका हुन्।
आजै उनले धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिकास्थित लक्ष्मीनारायण मन्दिर, महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ मन्दिर र मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरमा पनि पूजार्चना गरेको रास्वपाका जिल्ला नेता अम्बुप्रसाद साहले जानकारी दिए ।
सभापति लामिछाने आज अपराह्न यहाँस्थित गङ्गासागरमा आयोजना हुने छठ कार्यक्रम पनि सहभागी हुने उनले बताए।

अस्ट्रेलियामा दुई छुट्टाछुट्टै सवारी दुर्घटना, चार जनाको मृत्यु, तीन घाइते

रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

बक्स अफिसमा ‘रामायण’को दबदबा कायमै, विश्वभर कमाइ १२०० करोड

‘छठले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बलियो बनाउँछ’

‘छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ’
अरुपनि पढ्नुहोस
सबै
छठी गीतको गुञ्जनमा भक्तिमय मिथिला

तराईको आँगनबाट राजधानीका जलाशयसम्म छठको रौनक फैलिए

सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार

बाँदरको हैरानीले किसान अदुवा खेतीतर्फ आकर्षित
















