बक्स अफिसमा ‘रामायण’को दबदबा कायमै, विश्वभर कमाइ १२०० करोड

एजेन्सी

सारांश
- रणबीर कपूर र यश अभिनित चलचित्र ‘रामायण’ ले विश्वभर १२०० करोड भारুभन्दा बढीको कमाइ गर्दै बक्स अफिसमा बलियो पकड बनाएको छ।
- चलचित्रको प्रदर्शनको दोस्रो शनिबार भारतीय बक्स अफिसमा ५१.६ प्रतिशतको भारी उछाल आएर कुल नेट कलेक्सन ६८५.६० करोड भारु पुगेको छ।
- शनिबारको कमाइमा हिन्दी भर्सनको योगदान सर्वाधिक रहँदा मलयालम भर्सनको अकुपेन्सी सबैभन्दा धेरै ८३ प्रतिशत रेकर्ड गरिएको छ।

मुम्बई । बक्स अफिसमा यतिबेला रणबीर कपूर र यश अभिनीत चलचित्र ‘रामायण’को दबदबा छ । प्रदर्शनमा आएसँगै दर्शकमाझ व्यापक चर्चा बटुलिरहेको यस पौराणिक चलचित्रको कमाइमा दोस्रो शनिबार जबरजस्त उछाल आएको हो ।
चलचित्रले भारतीय घरेलु बक्स अफिसमा मात्र आफ्नो पकड बलियो बनाएको छैन, विश्वभर नै १२०० करोड भारतीय रुपैयाँ (भारु)को आँकडासमेत पार गरिसकेको छ । विशेष कुरा के छ भने दसौँ दिनको कमाइको मामिलामा यस चलचित्रले रणबीर कपूरकै अघिल्लो चलचित्र ‘एनिमल’लाई पनि निकै पछाडि छोडिदिएको छ ।
बलिउड मिडियाका अनुसार चलचित्रले दोस्रो शनिबार (२८ गते कात्तिक) सम्म भारतीय बक्स अफिसमा ७२.९० करोड भारु नेट कलेक्सन गरेको छ । यो शुक्रबारको कमाइको तुलनामा ५१.६ प्रतिशतले बढी हो ।
शुक्रबार चलचित्रले भारतमा ४८.१० करोड भारु कमाएको थियो । यो सानदार उछालसँगै चलचित्रको कुल घरेलु (भारतीय) नेट कलेक्सन ६८५.६० करोड भारु पुगेको छ भने भारतमा यसको कुल ग्रस कलेक्सन ८१९.५० करोड भारु पुगेको छ ।
शनिबारको कमाइमा चलचित्रको हिन्दी भर्सनको योगदान सबैभन्दा धेरै रह्यो । हिन्दीमा चलचित्रले १८ हजार ५५७ सोमार्फत ५३.७५ करोड भारु नेट कलेक्सन गरेको छ । त्यसपछि कन्नड भर्सनले ८९३ सोबाट ५.४० करोड भारु कमाएको छ । मलयालम र तमिल भर्सनले समान ४.७५–४.७५ करोड भारुको कारोबार गरेका छन् । मलयालमका १ हजार १२७ र तमिलका १ हजार २९० सो सञ्चालन भएका थिए । त्यस्तै, तेलुगु भर्सनले १ हजार ५८४ सोमार्फत ४.२५ करोड भारु कमाएको छ ।
पाँचै भाषा मिलाएर शनिबार चलचित्रको कुल अकुपेन्सी ४५.५ प्रतिशत रह्यो । भाषागत आधारमा हेर्दा मलयालम भर्सनको अकुपेन्सी सर्वाधिक ८३ प्रतिशत देखिएको छ । तमिलमा यो आँकडा ६२.५ प्रतिशत र कन्नडमा ५८.८ प्रतिशत रेकर्ड गरिएको छ । यस्तै, हिन्दीको अकुपेन्सी ४१.९ प्रतिशत र तेलुगुको ३९.१ प्रतिशत छ ।

खराब कर्जा असुलीमा अर्थमन्त्री डा. वाग्लेको जोड

दशौँ राष्ट्रिय खेलकुदका निम्ति आर्मीको फुटबल टोली सुर्खेतमा

मुगु जिप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या चार पुग्यो

‘किलर रोबोट’ नियन्त्रणका लागि राष्ट्रसङ्घमा बहस

कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा
अरुपनि पढ्नुहोस
सबै
जलवायु न्याय, वित्त र पर्वतीय विषय हाम्रा मुद्दा हुन् : मन्त्री चौधरी

सौराहामा पहिलो पटक नेपथ्य लाइभ, तयारी अन्तिम चरण

दाँतको दुखाइमा किन प्रभावकारी हुन्छ ल्वाङ?

















