लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

नवलपुर टुडे

सारांश
- कास्की प्रहरीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरेको ‘अपरेसन सभ्यता’ अन्तर्गत बुधबारदेखि शुक्रबारसम्म विभिन्न अवैध गतिविधिमा संलग्न ४४ जनालाई नियन्त्रणमा लिएको छ।
- सोही अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ५७ जनासहित ८१ वटा सवारी साधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।
- लेकसाइडको पर्यटकीय छवि जोगाउन र शान्तिसुरक्षा कायम गर्न कात्तिक १८ गतेदेखि सुरु गरिएको यस अभियानबाट हालसम्म १४० जना र २९३ वटा सवारीसाधन कारबाहीमा परेका छन्।

पाेखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरिरहेको ‘अपरेसन सभ्यता’अन्तर्गत गत बुधबारदेखि शुक्रबारसम्ममा अवैध गतिविधिमा संलग्न ४४ जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
मादक पदार्थ सेवन गरी झैझगडा गर्ने २८, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने छ, प्रहरीसँग झैझगडा र वादविवाद गर्ने पाँच, हतियार लिई हिँड्ने दुई, महिला तथा बालबालिकामाथि दुर्व्यवहार गर्ने दुई र झण्डीबुर्जा खेलाउने एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रामजी देवकोटाका अनुसार सोही अवधिमा ८१ वटा सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ । तीमध्ये ५७ जना सवारी साधनका चालकलाई मादकपदार्थ सेवन गरेको अवस्थामा र एक जना सवारी चालकलाई अन्य ट्राफिक कारबाही गरिएको उनले जानकारी दिए ।
तेइस वटा सवारी साधनलाई वडा प्रहरी कार्यालय, बैदाममा राखी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको हो । पोखरा महानगरपालिका–६ स्थित लेकसाइड क्षेत्रमा पछिल्लो समय बढ्दै गएका अवैध गतिविधि नियन्त्रणका लागि प्रहरीले यही कात्तिक १८ गतेदेखि ‘अपरेसन सभ्यता’ सुरू गरेको थियो ।
उक्त अपरेसनअन्तर्गत हालसम्म १४० जना व्यक्ति र २९३ वटा सवारीसाधनलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झैझगडा, आपसी विवाद, पर्यटकलाई दुर्व्यवहार गर्नेजस्ता अनैतिक तथा अवाञ्छित गतिविधिका कारण लेकसाइड क्षेत्रको पर्यटकीय छविमा आँच पुगेको र शान्तिसुरक्षामा खलल पुगेको जनगुनासो बढेपछि विशेष प्रहरी अपरेसन ‘अपरेसन सम्भयता’ सुरु गरिएको हो ।

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह
अरुपनि पढ्नुहोस
सबै
भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु

बडिमालिका संरक्षण, प्रवर्द्धन तथा पर्यटन विकास र समृद्धिको साझा प्रतिबद्धता

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

रामेछापको विकास र समृद्धिलाई खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना
















