बडिमालिका संरक्षण, प्रवर्द्धन तथा पर्यटन विकास र समृद्धिको साझा प्रतिबद्धता

उमेश रोकाया

सारांश
- बडीमालिकाको पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास र आर्थिक समृद्धिका लागि बुढीनन्दा नगरपालिकाको आयोजनामा ११ बुँदे घोषणा तथा प्रतिबद्धता सार्वजनिक गरिएको छ।
- पदमार्गको स्तरोन्नति, बाँडे क्षेत्रमा बेसक्याम्प निर्माण, राष्ट्रिय योग सम्मेलन, पर्यटन सर्किटसँगको आबद्धता र एक वर्षसम्म निःशुल्क जीप सेवा सञ्चालन गर्ने निर्णय गरिएको छ।
- प्रकृति तथा जैविक विविधताको संरक्षण गर्दै स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवालाहरूको सहकार्यमा यस क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गरिनेछ।

बाजुरा, कार्तिक २८ । पोरखे–बडीमालिका संरक्षण, प्रवर्द्धन तथा पर्यटन विकास र समृद्धिको साझा प्रतिबद्धता आस्था, प्रकृति र आनन्दको भूस्वर्ग बडीमालिकाको पर्यटन प्रवर्द्धन, भौतिक पूर्वाधार विकास, धार्मिक तथा सांस्कृतिक महत्त्वको संरक्षण र स्थानीय आर्थिक समृद्धिको साझा उद्देश्य सहित बुढीनन्दा नगरपालिका द्वारा आयोजित पोरखे-बडीमालिका बाँडे बेसक्याम्प पहिचान तथा प्रवर्द्धन पदयात्राका क्रममा बाँडेमा आयोजित छलफल, अन्तरक्रिया तथा नगर कार्यपालिकाको बैठकबाट एघार वटा घोषणा तथा प्रतिबद्धताहरू सार्वजनिक गरेको छ ।
बडीमालिका पुग्ने सबैभन्दा सहज, छोटो र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पैदल मार्ग पोरखे प्रवेशद्वार हुँदै जाने भएकाले यस मार्गलाई व्यवस्थित, सुरक्षित र पर्यटकमैत्री बनाउँदै बडीमालिकाको पर्यटन विकासको प्रमुख आधारका रूपमा स्थापित गर्न आवश्यक छ । बडीमालिका केवल एउटा धार्मिक गन्तव्य मात्र होइन, यो प्रकृति, आस्था, संस्कृति, जैविक विविधता र अनुपम प्राकृतिक सौन्दर्यको अद्वितीय संगम हो। यस क्षेत्रको सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र दीर्घकालीन पर्यटन विकासको आधार तयार गर्ने उद्देश्यले यो पहल गरिएको हो ।
यस ऐतिहासिक पहलका क्रममा उच्च लेकाली क्षेत्र वाणेमा पहिलोपटक बुढीनन्दा नगर कार्यपालिकाको बैठक आयोजना हुनु आफैँमा महत्त्वपूर्ण र दूरगामी सन्देश हो। यसले स्थानीय सरकारको उपस्थिति, प्रतिबद्धता र विकासप्रतिको जिम्मेवारीलाई यसै सन्दर्भमा हामी निम्न घोषणा तथा प्रतिबद्धताहरू सार्वजनिक गरिएको बुढिनन्दा नगरपालिका प्रवक्ता जंगवीर रोकायाले बताउनुभयो ।
पोरखे-बडीमालिका पदमार्गको विकास तथा स्तरोन्नति
पोरखे प्रवेशद्वार हुँदै बडीमालिका पुग्ने सबैभन्दा सहज र छोटो पैदल मार्गलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाइनेछ। पदमार्गमा आवश्यक संकेतचिह्न, विश्रामस्थल, खानेपानी, शौचालय, फोहोर व्यवस्थापन तथा आधारभूत सुविधाहरू निर्माण गर्न पहल गरिनेछ। वाणे–दिउडा पाटनसम्म सडक पहुँचको पहल पर्यटन प्रवर्द्धन, स्थानीय आवागमन र आपत्कालीन सेवाको सहजताका लागि वाणे हुँदै दिउडा पाटनसम्म सडक पहुँच विस्तार गर्ने सम्भाव्यता अध्ययन गरी आवश्यक वातावरणीय तथा प्राविधिक प्रक्रिया पूरा गर्दै निर्माणका लागि सम्बन्धित निकायसँग पहल र समन्वय गरिनेछ। र पालिका स्तरबाट कामको सुरुवाद गरिनेछ।
भौतिक पूर्वाधार तथा पर्यटकीय संरचना निर्माण
वाणे क्षेत्रलाई व्यवस्थित बेसक्याम्पका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण गरिनेछ। पर्यटक आवास, खानेपानी, शौचालय, विश्रामस्थल, सूचना केन्द्र, उद्धार तथा प्राथमिक उपचार सेवाजस्ता संरचनाको विकासमा प्राथमिकता दिइनेछ। पर्यटन व्यवसाय र स्थानीय आर्थिक समृद्धि वाणे, पोरखे तथा आसपासका क्षेत्रका स्थानीय नागरिकलाई पर्यटन व्यवसायसँग जोडिनेछ। होमस्टे, स्थानीय खानाका परिकार, भेडापालन, ऊनजन्य उत्पादन, घोडा तथा खच्चड सेवा, स्थानीय उत्पादन र रोजगारी सिर्जनालाई पर्यटनसँग जोडेर आर्थिक गतिविधि विस्तार गरिने भएको बुढिनन्दा नगरपालिका नगरप्रमुख जनक कुमार बोहराले बताउनुभयो ।
राष्ट्रिय योग तथा पर्यटन सम्मेलन आयोजना उच्च लेकाली भूभागको स्वच्छ वातावरण, प्राकृतिक सौन्दर्य र स्वास्थ्यवर्द्धक वातावरणलाई ध्यानमा राख्दै वाणे क्षेत्रमा राष्ट्रियस्तरको योग शिविर तथा पर्यटन सम्मेलन आयोजना गर्न आवश्यक पहल गरिनेछ। योग, ध्यान, स्वास्थ्य, प्रकृति र पर्यटनलाई जोडेर यस क्षेत्रलाई नयाँ पर्यटकीय पहिचान दिलाइनेछ। धार्मिक तथा सांस्कृतिक महत्त्वको संरक्षण र प्रवर्द्धन बडीमालिका सुदूरपश्चिमको मात्र नभई देशकै महत्त्वपूर्ण धार्मिक आस्थाको केन्द्र हो। जुम्लाको चन्दननाथ मन्दिरबाट परम्परागत रूपमा आउने पेठारो तथा सरकारी स्तरबाट हुँदै आएको धार्मिक पूजा र परम्परालाई संरक्षण, निरन्तरता र व्यवस्थित गर्न सम्बन्धित निकायसँग समन्वय गरिनेछ। धार्मिक आस्था, परम्परा र सांस्कृतिक सम्पदाको संरक्षणमा विशेष ध्यान दिइनेछ।
बडीमालिकाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डिङ
बडीमालिका, पोरखे, वाणुु र दिउडा पाटनको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा स्थापित गर्न प्रचार सामग्री, वृत्तचित्र, डिजिटल प्रवर्द्धन र पर्यटन अभियान सञ्चालन गरिनेछ। रारा–खप्तड–बडीमालिका पर्यटन सर्किटसँग समेत जोड्ने पहल गरिनेछ। प्रकृति तथा जैविक विविधताको संरक्षण
उच्च हिमाली तथा लेकाली क्षेत्रको प्राकृतिक वातावरण, वनस्पति, वन्यजन्तु, जलस्रोत र जैविक विविधताको संरक्षणलाई विकाससँग अभिन्न रूपमा जोडिनेछ। प्लास्टिकजन्य फोहोर नियन्त्रण, स्वच्छता अभियान र जिम्मेवार पर्यटनलाई प्राथमिकता दिइनेछ। विकासका नाममा प्रकृतिको विनाश हुन नदिने प्रतिबद्धता व्यक्त गरिन्छ।पलाष्टिक मुक्त क्षेत्र घोषणा गरिएको छ।
स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवालाबीच समन्वय
बडीमालिका क्षेत्रको समग्र विकासका लागि बुढीनन्दा नगरपालिका, बडीमालिका नेचर प्रालि, पर्यटन व्यवसायी, स्थानीय समुदाय, पत्रकार, सामाजिक अभियन्ता, विज्ञ तथा सम्बन्धित सरकारी निकायबीच निरन्तर सहकार्य र समन्वय गरिनेछ। सार्वजनिक, निजी र सामुदायिक साझेदारीलाई विकासको आधार बनाइनेछ।
बाँडे घोषणाको कार्यान्वयन र संस्थागत पहल
यस घोषणापत्रमा उल्लेखित विषयहरूलाई कार्ययोजनामा रूपान्तरण गरी प्राथमिकताका आधारमा कार्यान्वयनको पहल गरिनेछ। आवश्यक बजेट व्यवस्थापन, प्रदेश तथा संघीय सरकारसँग समन्वय र दीर्घकालीन गुरुयोजना निर्माणमार्फत पोरखे–वाणे–बडीमालिकालाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
पर्यटनमैत्री निःशुल्क जीप सेवा सञ्चालनपोरखे बडीमालिका क्षेत्रको पर्यटन प्रवर्द्धन, पर्यटक तथा तीर्थयात्रीको आवागमनमा सहजता र स्थानीय पर्यटन व्यवसायको विकासका लागि बुढीनन्दा नगरपालिकाको तर्फबाट एक वर्षसम्म निःशुल्क पर्यटनमैत्री जीप सेवा सञ्चालन गरिनेछ। उक्त सेवा कोल्टीदेखि फूलचढाउने क्षेत्रसम्म सञ्चालन गरी पर्यटक तथा तीर्थयात्रीलाई आवागमनमा सहजीकरण गरिनेछ। आगामी दिनमा आवश्यकताअनुसार सेवालाई थप व्यवस्थित, प्रभावकारी र दिगो बनाउँदै लैजाने पहल गरिनेछ।
यस ऐतिहासिक अभियानलाई नेतृत्व प्रदान गर्दै उच्च लेकाली भूभाग वाणेमा नै नगर कार्यपालिकाको बैठक आयोजना गरी स्थानीय सरकारको विकास प्रतिबद्धतालाई व्यवहारमै प्रस्तुत गर्नुहुने बुढीनन्दा नगरपालिकाका जनप्रतिनिधि तथा सम्पूर्ण नगर कार्यपालिका परिवारप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।
बडीमालिका क्षेत्रको पहिचान, संरक्षण र प्रवर्द्धनका लागि निरन्तर सक्रिय बडीमालिका नेचर प्रालि, यस अभियानमा सहभागी पर्यटन व्यवसायी, पत्रकार, सामाजिक अभियन्ता, बुद्धिजीवी, स्थानीय नागरिक तथा सम्पूर्ण सहयोगी हातहरूप्रति विशेष आभार व्यक्त गर्दछौँ।यस पदयात्रा र प्रवर्द्धन अभियानमा सहभागी भई विचार, सुझाव, अनुभव र प्रतिबद्धता प्रस्तुत गर्नुहुने सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस साझा अभियानमा निरन्तर साथ, सहयोग र सहकार्यको अपेक्षा रहेकोे छ ।
“पोरखेबाट बडीमालिका जोडौँ, बाँडेलाई पर्यटनको आधार बनाऔँ, प्रकृतिको संरक्षण गरौँ, पर्यटनबाट समृद्धिको ढोका खोलौँ “भन्ने अभियान सहित बुढिनन्दा नगरपालिका कार्यपालिका बैठक बडिमालिका वेश क्याम्प बाँडेमा राखिएको जनाएको छ ।

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

रामेछापको विकास र समृद्धिलाई खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड


सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
अरुपनि पढ्नुहोस
सबै
हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल


अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए
















