रामेछापको विकास र समृद्धिलाई खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना

नवलपुर टुडे

सारांश
- रामेछापमा १ हजार २१६ मेगावाट क्षमताको खिम्ती–ठोसे–शिवालय बृहत् जलाशययुक्त बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको छ।
- आयोजनाको अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कनका लागि ऊर्जा मन्त्रालयबाट ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
- विद्युत् उत्पादनका साथै सिँचाइ, पर्यटन र स्थानीय आर्थिक वृद्धिका लागि यो आयोजनालाई राष्ट्रिय महत्वको रूपमा हेरिएको छ।

काठमाडौं , कात्तिक २८ । रामेछापको विकास र समृद्धिसँग प्रत्यक्ष जोडिएको खिम्ती–ठोसे–शिवालय बृहत् जलाशययुक्त बहुउद्देश्यीय आयोजना’ को कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको छ ।
‘संघीय सांसद एवं अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीका अनुसार १ हजार २१६ मेगावाट क्षमताको बृहत् जलाशययुक्त बहुउद्देश्यीय आयोजना’का लागि सरकारको नीति तथा योजनामा समावेश भएको यस आयोजनाको अध्ययन, अनुसन्धान तथा वातावरणीय पक्षको विश्लेषणका लागि ऊर्जा मन्त्रालयबाट रु. ३ करोड बजेट विनियोजन भएसँगै कामले गति लिने भएको हो ।
विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन, वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र आवश्यक प्रारम्भिक प्रक्रियालाई तीव्रता दिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले समेत विशेष चासो देखाएको छ । सांसद डा. बुढाथोकीका अनुसार यस, आयोजनालाई शीघ्र कार्यान्वयनमा लैजानका लागि ऊर्जामन्त्री र मन्त्रालयका उच्च अधिकारीहरूसँगको समन्वयमा आवश्यक सहजीकरणको काम अगाडि बढेको छ ।
आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन मन्त्रालय प्रतिबद्ध रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ ले बताउनुभएको छ। “राष्ट्रिय ऊर्जा सुरक्षा र बहुउद्देश्यीय लाभका दृष्टिले यो आयोजना अत्यन्तै महत्वपूर्ण छ,” मन्त्री श्रेष्ठले भन्नुभयो, “विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालयले आवश्यक सबै सहजीकरण गर्नेछ।”
रामेछापको विकास र समृद्धिलाई राष्ट्रिय विकासको मूल प्रवाहसँग जोड्ने लक्ष्यसहित आफूले यस आयोजनालाई अध्ययनको चरणबाट कार्यान्वयनको चरणसम्म पुर्याउन निरन्तर पहल र पैरवी गरिरहेको अर्थ समितिका सभापति डा. बुढाथोकीले जानकारी दिनुभयो ।
विद्युत् उत्पादनमा मात्र सीमित नरही सिँचाइ, खानेपानी, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक गतिविधिको विस्तारका दृष्टिले यसलाई राष्ट्रिय महत्वको बहुउद्देश्यीय आयोजनाका रूपमा हेरिएको छ । आयोजना कार्यान्वयनमा आउन सके रामेछापको आर्थिक तथा सामाजिक रूपान्तरणका साथै देशको ऊर्जा उत्पादन, लगानी विस्तार र राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।

विशेष सुरक्षा सल्लाहकार कार्कीले बुझे पत्र

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित
अरुपनि पढ्नुहोस
सबै
आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की
















