Opens in a new tab

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

नवलपुर टुडे

325Shares

सारांश

  • नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण र आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकता दिएको छ।
  • आर्थिक वृद्धि र सामाजिक समावेशितालाई सँगसँगै अघि बढਾउँदै पछाडि पारिएका समुदायको विकासमा पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ।
  • अधिवेशनमा राष्ट्रिय रोजगार र औद्योगिक नीतिको पुनरावलोकनलगायत नेपालका नीतिगत सुधारका प्रयासहरूप्र बारे जानकारी गराइएको छ।
dida bag ad

काठमाडौँ । नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सामाजिक तथा आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको जनाएको छ ।

एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (युएन इस्क्याप)को सामाजिक विकास समितिको नवौँ अधिवेशनमा राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले आर्थिक वृद्धि र सामाजिक समावेशिता सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिँदै पछाडि पारिएका समुदायलाई विकास प्रक्रियामा सहभागी गराउनुका साथै विकासको प्रतिफलमा उनीहरूको पहुँच सुनिश्चित गर्नुपर्ने बताए ।

शुक्रबार भएको अधिवेशनमा उनले राष्ट्रिय रोजगार नीति र राष्ट्रिय औद्योगिक नीतिको पुनरावलोकनलगायत नेपालको नीतिगत सुधारका प्रमुख प्रयासबारे जानकारी गराएको ब्याङ्ककस्थित नेपालको राजदूतावासले जनाएको छ ।