Opens in a new tab

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

राम नारायण

450Shares

सारांश

  • मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत नलिँदै पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
  • नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनी प्रदेश सभामा अल्पमतमा परेका थिए।
  • आवश्यक बहुमत जुटाउने आधार नदेखिएपछि उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आफ्ना कार्यकालका उपलब्धि सुनाएर राजीनामा दिएका हुन्।
dida bag ad

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत नलिँदै पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्।

गत मंसिर १९ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका संसदीय दलका नेता समेत रहेका यादवले प्रदेश सभामा विश्वासको मत पाउने अवस्था नदेखेपछि यो निर्णय लिएका हुन्।

सभामुख रामअशिष यादवले विश्वासको मत लिने समय दिएपछि रोष्ट्रममा सम्बोधन गरेका मुख्यमन्त्री यादवले आफ्ना कार्यकालका उपलब्धिहरू सुनाउँदै राजीनामाको घोषणा गरेका हुन्।

नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनी प्रदेश सभामा अल्पमतमा परेका थिए।
समर्थन गुमाएसँगै आवश्यक बहुमत जुटाउने आधार नदेखिएपछि उनले विश्वासको मत नलिई बाहिरिने निर्णय लिएका हुन्।

अरुपनि पढ्नुहोस

सबै