Opens in a new tab

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

नवलपुर टुडे

325Shares

सारांश

  • कपिलवस्तु जिल्लाका १० वटै स्थानीय तहका ७० स्थानमा छठ पर्व मनाउनका लागि जलाशय सरसफाइ गरी आकर्षक छठघाट निर्माण गरिएको छ।
  • आइतबार अस्ताउँदो र सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएर विधिपूर्वक पूजा आराधना गर्न श्रद्धालुहरू जुटेका छन्।
  • छठ पर्वको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै जिल्लाका सबै पूजास्थलमा पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।
dida bag ad

कपिलवस्तु । आस्था, श्रद्धा र सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका १० स्थानीय तहका ७० स्थानमा छठघाट निर्माण गरिएको छ । नदी, खोला, पोखरी तथा नहरलगायत जलाशयमा स्थानीय तह, वडा कार्यालय र श्रद्धालुहरूको पहलमा छठघाट निर्माण गरी पूजाको तयारी गरिएको हो ।

शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छठपर्वका लागि विभिन्न स्थानमा पूजा पाठसमेत सुरु भइसकेको छ । आइतबार अस्ताउँदो र सोमबार उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व मनाउने तयारीमा श्रद्धालुहरू जुटेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार जिल्लाका १० वटै पालिकाका ७० स्थानमा छठघाट निर्माण गरी पूजा गर्ने तयारी गरिएको छ ।

केही वर्षअघिसम्म सीमित क्षेत्रमा सामान्य रूपमा मनाइने छठपर्व पछिल्लो समय जिल्लाभर विस्तार हुँदै गएको छ । विशेषगरी नदी, खोला तथा पोखरी किनारमा सामूहिक रूपमा छठ मनाउने प्रचलन बढ्दै गएको छ ।

कपिलवस्तु नगरपालिका-३ स्थित रामघाटमा नदीको वारि र पारि दुवैतर्फ छठ पूजाका लागि बेदी निर्माण तथा सजावट गरिएको छ । वारितर्फ कपिलवस्तु नगरपालिका र पारितर्फ बुद्धभूमि नगरपालिका-१० को पहलमा छठघाट निर्माण गरिएको हो ।

रामघाट छठ पूजा समितिका संयोजक सन्तोष गुप्ताले पूजाका लागि सरसफाइ, बेदी निर्माण, सजावट तथा बत्तीको व्यवस्था गरिएको जानकारी दिनुभयो । त्यस्तै, कपिलवस्तु नगरपालिका-३ चप्परतल्ला स्थित जमुहरा नालामा पनि छठ पूजाको तयारी पूरा गरिएको छ ।

त्यहाँ छठ पूजा समितिका सन्तोष पाण्डेयले बेदी निर्माण र सजावटको काम सम्पन्न भएको बताए । उनले पूजास्थलमा फोहर व्यवस्थापनको समस्या दीर्घकालीन रूपमा समाधान गर्न नगरपालिकासँग आग्रह गरे । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोहर भट्टले जिल्लाका सबै छठ घाटमा शान्ति सुरक्षा कायम गर्न आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिने बताए ।

अरुपनि पढ्नुहोस

सबै