कपिलवस्तुमा भारतबाट अवैध रूपमा ल्याइएका १० कार्टुन ब्रोइलर कुखुराका चल्ला नष्ट
नन्द किशोर कुर्मी (लालु)

सारांश
- कपिलवस्तुको विजयनगर गाउँपालिकाबाट भारततर्फबाट अवैध रूपमा नेपाल ल्याइएको १० कार्टुन ब्रोइलर कुखुराका चल्ला प्रहरीले बरामद गरेको छ।
- भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लोड गरिएका ती चल्लाहरूलाई स्थानीय जनप्रतिनिधि र पशु क्वारेन्टाइन प्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ।
- अवैध रूपमा पशुपन्छी भित्र्याउँदा स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा जाँच कडा पारिएको छ।

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका–६ छुटपाटी क्षेत्रमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका १० कार्टुन ब्रोइलर कुखुराका चल्ला प्रहरीले बरामद गरी नष्ट गरेको छ।
प्राप्त विवरणअनुसार, २०८३ असोज ३० गते बिहान करिब ४ बजे इलाका प्रहरी कार्यालय गणेशपुर र प्रहरी चौकी खडैचाबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले चेकजाँचका क्रममा भारतीय मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेका कुखुराका चल्ला फेला पारेको थियो।

भारतीय नम्बर प्लेटको मोटरसाइकल (UP 55 AA 1572) मा लोड गरी नेपालतर्फ ल्याइँदै गरेका चल्ला प्रहरीले नियन्त्रणमा लिएको थियो। बरामद चल्ला तथा मोटरसाइकलसहितको सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी स्थानीय जनप्रतिनिधि तथा पशु क्वारेन्टाइन प्रतिनिधिको रोहबरमा नष्ट गरिएको विवरणमा उल्लेख छ।
भारतबाट अवैध रूपमा पशुपन्छी तथा पशुजन्य वस्तु भित्र्याउँदा पशु स्वास्थ्यमा जोखिम बढ्न सक्ने भएकाले सीमावर्ती क्षेत्रमा निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाउनुपर्ने देखिन्छ

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की
अरुपनि पढ्नुहोस
सबै
सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

अस्ट्रेलियामा दुई छुट्टाछुट्टै सवारी दुर्घटना, चार जनाको मृत्यु, तीन घाइते

रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

बक्स अफिसमा ‘रामायण’को दबदबा कायमै, विश्वभर कमाइ १२०० करोड
















