सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

नवलपुर टुडे

सारांश
- पर्यटकीय नगरी चितवनको सौराहामा पहिलो पटक ‘नेपथ्य’ ब्याण्डको सांगीतिक कार्यक्रम हुने भएको छ।
- ‘पर्यटन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित आयोजित यस कन्सर्टमा १० हजार दर्शक सहभागी हुने अनुमान गरिएको छ।
- विद्यार्थीका लागि सहुलियतसहित विभिन्न श्रेणीका टिकटको व्यवस्था गरिनुका साथै कार्यक्रमका लागि विशेष प्याराफिटसमेत निर्माण गरिँदैछ।

कार्यक्रम सौराहास्थित सभाहल अगाडिको सिसुवार मैदानमा हुनेछ । पर्यटकीय नगरी सौराहामा पहिलो पटक नेपथ्यको कार्यक्रम हुन लागेको आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको छ । कार्यक्रम दिउँसो ४ बजेबाट सुरु हुने नेपाल डायरिजका निर्देशक बिनेश थापाले जानकारी दिए ।
कार्यक्रम १० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । चितवनसहित छिमेकी नवलपरासी बर्दाघाट सुस्ता पूर्व र पश्चिम, तनहुँ, मकवानपुरलगायतका जिल्लाबाट दर्शकहरु कार्यक्रममा सहभागी हुने आयोजकको अपेक्षा छ । कार्यक्रमका लागि फरक फरक विधाका टिकटको व्यवस्था गरिएको छ ।
विद्यार्थीका लागि सहुलियत दरको टिकटसहित अर्लि बर्ड, रेगुलर र भिआईपी गरी विभिन्न विधामा टिकटको व्यवस्था गरिएको छ । सहुलियत दरका अर्लि बर्ड टिकटको कोटा सकिने लागेको थापाले जानकारी दिए । सीमित मात्रामा राखिएका अन्य टिकटहरु पनि धमाधम बिक्री भईरहेको नेपाल डायरिजका निर्देशक आशिश श्रेष्ठले जानकारी दिए ।
सौराहामा नै पहिलो पटक दर्शकका लागि प्याराफिट समेत निर्माण गरिने एबी ईभेन्ट्सका निर्देशक अंकित गौतमले बताए । पर्यटन र संगितलाई जोडेर हुन लागेको कार्यक्रमको तयारी तीव्र गतिमा भईरहेको छ ।

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा

लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा
अरुपनि पढ्नुहोस
सबै
बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह
















