Opens in a new tab

सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ

रासस

750Shares

सारांश

  • सरकारी सवारीसाधन दुरुपयोग गरी सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोपमा पनौती–३ का ४० वर्षीय गणेश सापकोटा पक्राउ परेका छन्।
  • समाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीले उनलाई असोज २५ गते नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएको थियो।
  • प्रशासनबाट तीन दिनको म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखी यस विषयमा थप अनुसन्धान भइरहेको छ।

बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३, कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ परेका छन् । सार्वजनिक बिदाको दिन (शनिबार) असोज २४ गते सरकारी सवारीसाधन दुरुपयोग गरी सार्वजनिक स्थानमा सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी रबिन विष्टले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा सापकोटालाई असोज २५ गते पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा उपस्थित गराइएको बताए ।

सापकोटालाई जिल्ला प्रशासन कार्यालयबाट तीन दिनको म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखी अनुसन्धान भइरहेको सूचना विष्ट जानकारी दिए । सापकोटामाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको पूजा अर्चना

२०८३ कार्तिक ८ | मध्यान्ह ०३:०७ बजे

बैतडीमा भूकम्पको धक्का

२०८३ कार्तिक ८ | मध्यान्ह ०३:०७ बजे

रौतहटमा नेकपा एमालेको जागरण अभियान

२०८३ कार्तिक ८ | मध्यान्ह ०३:०७ बजे

सुनको मूल्य ११ हजार ६०० रुपैयाँले घट्यो

२०८३ कार्तिक ८ | बिहान ११:०७ बजे

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

२०८३ कार्तिक ८ | बिहान १०:०७ बजे