नवलपरासीमा आज बिहान भएको बस दुर्घटनामा ५ जना घाईते

नवलपुर टुडे

सारांश
- पश्चिम नवलपरासीको बर्दघाटस्थित पूर्व-पश्चिम राजमार्गमा काठमाडौंबाट धनगढी जाँदै गरेको बस अचानक अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको छ।
- उक्त दुर्घटनामा परी ५ जना यात्रु सामान्य घाइते भएका छन् भने उनीहरूलाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको छ।
- प्रहरीका अनुसार बसमा करिब ४० देखि ४५ जना सवार थिए र हाल घटनास्थलको यातायात पूर्ण रूपमा सुचारु गरिएको छ।
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका- ४ यस मोड नजिकै पुर्ब पश्चिम राजमार्गमा काठमाण्डौबाट धनगढी तर्फ आउदै गरेको सु.प्र.०१-००१ख २३३० नम्बरको बस दुर्घटना भएको छ । दुर्घटनमा ५ जना घाईते भएका छन ।
दुर्घटनामा दार्चुला मालिकार्जुन गा.पा. २ बस्ने बर्ष ५२ को पुष्कर सिंह धामी, आछाम जिल्ला साफेबगर न.पा. ५ बर्ष २६ की मौसमी ओढ, जिल्ला दार्चुला मार्मा गा.पा.३ बस्ने बर्ष ३० को भग्वती अबस्ती, जिल्ला कैलाली लम्कीचुहा न.पा.-८ बस्ने बर्ष २९ की निर्मला खड्का र जिल्ला दार्चुला मार्मा गा.पा.३ बस्ने बर्ष ४८ को धनन्जय जोशी घाईते भएका छन । उनीहरुको अवस्था सामन्य रहेका छन । घाईतेहरुलाई उपचारको लागी बर्दघाट नगर अस्पताल चिसापानिमा पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
दुर्घटना बस अचानक अनियन्त्रित भई बाटोमै पल्टिन जादा दुर्घटना भएको प्रहरीले जनाएका छन । बसमा सवार अं.४०/४५ जना रहेको प्रहरीले जनाएको छ । हाल बस घटनास्थलमा नै रहेको र बाटो पुर्ण रुपमा सुचारी रहेको प्रहरीले जनाएको छ ।

आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

लाङटाङ र गोसाईकुण्ड पदयात्राका लागि खुला

ज्ञानेन्द्र शाहीको व्यङ्ग्य: ‘प्रचण्डज्यू, दसैँपछिको त्यो आँधी–तुफान कहाँ पुग्यो?’

केन्द्रीय कारागारबाट फरार एकजना कैदीबन्दी पक्राउ
अरुपनि पढ्नुहोस
सबै
दसैँको टीकाको तेस्रो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

नेपाललाई तीन अर्ब अनुदान दिने हानिनोक्सानी कोषको निर्णय

रास्वपा सभापति लामिछाने ३ दिने भ्रमणका लागि आज भारत जाँदै

प्राकृतिक स्रोतको उपयोगबाट करोडौँ आम्दानी
















