Opens in a new tab

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

रासस

3.2KShares

सारांश

  • दाङको लमहीमा बसको ठक्करबाट मोटरसाइकल चालक लुम्बिनी प्रदेश कृषि मन्त्रालयका वरिष्ठ लेखा अधिकृत चेतबहादुर केसीको मृत्यु भएको छ।
  • नेपालगन्जबाट काँकरभिट्टातर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको सरकारी मोटरसाइकललाई ठक्कर दिएको थियो।
  • दुर्घटनामा गम्भीर घाइते भएका केसीको उपचारका क्रममा लमही अस्पतालमा निधन भएको र प्रहरीले बस तथा चालकलाई नियन्त्रणमा लिएको छ।

दाङ । दाङको लमहीमा यात्रु बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१३ चौधेरा निवासी चेतबहादुर केसीको सो दुर्घनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

नेपालगन्जबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्रदेश१–०१–००१ख ४१४८ नम्बरको यात्रुवाहक बसले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश एए८५९८ नम्बरको सरकारी मोटरसाइकललाई आज साँझ करिब ६:३० बजे लमही नगरपालिका–१ सुनडबरीमा ठक्कर दिँदा मोटरसाइकल चालक केसी गम्भीर घाइते भएका थिए ।

घटनालगत्तै वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रमेश तिमल्सिना नेतृत्वमा खटिएको टोलीले घाइते केसीको उद्धार गरी उपचारका लागि लमही अस्पताल पुर्‍याएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ । मृतक केसीको शव लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । मृतक केसी लुम्बिनी प्रदेश कृषि मन्त्रालयमा कार्यरत वरिष्ठ लेखा अधिकृत रहेको  प्रहरीले जनाएको छ ।