पोल्यान्डका १० हजार विद्यालयमा किन गरियो प्रहरी परिचालन ?

एजेन्सी

सारांश
- पोल्यान्डका विद्यालयमा चक्कु प्रहारका घटना दोहोरिएपछि सामाजिक सञ्जालमा धम्की दिने र चक्कुसहित विद्यालय पुग्ने कैयौँ किशोरलाई प्रहरीले पक्राउ गरेको छ।
- देशभरका विभिन्न विद्यालयमा भएका चक्कु आक्रमणका घटनाहरूमा परी एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्।
- घटनालगत्तै सुरक्षा सतर्कता अपनाउँदै देशभरका करिब १० हजार विद्यालयमा प्रहरी परिचालन गरिएको छ र डिजिटल मामिलामन्त्रीले भ्रामक सूचनाबाट सचेत रहन आग्रह गरेका छन्।

वार्सा । पोल्यान्डका विद्यालयमा चक्कु प्रहारका घटना दोहोरिएपछि सामाजिक सञ्जालमार्फत आक्रमणको धम्की दिने र चक्कु बोकेर विद्यालय पुग्ने कैयौँ किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार शुक्रबारसम्म १० जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा वार्साका १३ वर्षीय किशोर पनि छन्, जसले कक्षाको सामूहिक च्याटमा चक्कुको तस्बिर राख्दै अन्य विद्यार्थीलाई धम्की दिएका थिए । त्यस्तै, १४ वर्षीय अर्का किशोर विद्यालय परिसरमा चक्कु र पटाकासहित पक्राउ परेका थिए ।
पोल्यान्डमा दुई दिनमा भएका दुई छुट्टाछुट्टै घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । बिहीबार वार्साको उत्तरपूर्वमा रहेको लेस्चिदोल–नोविनीस्थित प्राथमिक विद्यालयमा १५ वर्षीय पूर्वविद्यार्थीको आक्रमणबाट एक कर्मचारीको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । बुधबार ओस्त्रोलेन्काको अर्को विद्यालयमा १९ वर्षीय युवकको चक्कु आक्रमणबाट १० जना घाइते भएका थिए ।
यी घटनापछि देशभरका करिब १० हजार विद्यालयमा प्रहरी परिचालन गरिएको छ । सामाजिक सञ्जालमा ‘ब्लडी फ्राइडे’ नामक अनलाइन चुनौतीका कारण आक्रमण भएको चर्चा चले पनि प्रहरीले त्यस्तो कुनै संगठित चुनौतीको प्रमाण फेला नपरेको जनाएको छ ।
डिजिटल मामिलामन्त्री क्रिस्टोफ गाभकोव्स्कीले सामाजिक सञ्जालमा फैलिएको भ्रामक सूचनाले थप आक्रमण निम्त्याउन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु
अरुपनि पढ्नुहोस
सबै
स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की

सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना
















