Opens in a new tab

नवलपरासीमा तस्करीका नाईके मानिने महेन्द्र चौधरीका लाखौको अबैध कपडा नियन्त्रणमा

नवलपुर टुडे

124.4KShares

सारांश

  • नवलपरासीको नेपाल-भारत सीमानाकाबाट दैनिकरुपमा तस्करी बढेको गुनासोका आधारमा प्रहरीले छापा मारेको छ।
  • लुम्बिनी प्रदेश र इलाका प्रहरी कार्यालय बेलाटारीको टोलीले सुस्ता गाउँपालिका-१ स्थित एक घरमा लुकाएर राखिएको ११ लाख ६८ हजार सात सय रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको छ।
  • बरामद गरिएका साडी, कुर्था सुरुवाल, लेडिज टिसर्ट लगायतका सामग्रीहरू आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ।

नवलपरासी । नवलपरासीको नेपाल-भारत सीमानाकाबाट दैनिकरुपमा तस्करी बढिरहेको स्थानीयको जनगुनासो पछि प्रहरीले भारतबाट तस्करी गरी गोदाममा लुकाई छिपाई राखिएको लाखौ मूल्य बराबरको कपडा नियन्त्रणमा लिएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय बेलाटारीको संयुक्त प्रहरी टोलीले सुस्ता गाउँपालिका- १ रुपौलियास्थित तस्करी महेन्द्र चौधरीको भान्सा घरको कोठामा गोदाम गरी लुकाई छिपाई राखिएको अवस्थामा फेला पारी नियन्त्रणमा लिएका हुन ।

बरामद सामान साडी ८९ पिस, कुर्था सुरुवाल कटिङ वाला १०६ पिस, कुर्था सुरुवा १२ पिस, लेडिज टिसर्ट १८ पिस, पुरुषको सेरवानी कुर्था सेट ३२ पिस, सुतिको थान कपडा १४ मिटर, कुर्था सुरुवल ५८ पिस र लुङगी ११० पिस रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवम सुचना अधिकारी मदन थापाले नवलपुर टुडेलाई जानकारी दिएको छ ।

सो बरामद कपडाको मूल्य रु.११,६८,७००/-(अक्षरुपी एघार लाख अठसठ्ठी हजार सात सय) बराबर रहेको छ । बरामद सामान आबश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाएको थापाले बताए । पश्चिम नवलपरासीको सीमानाका भुजुहवादेखि पुर्व सीमानाकाबाट दैनिक तस्करी हुने गरेको छ ।

अरुपनि पढ्नुहोस

सबै