पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज

रासस

सारांश
- कञ्चनपुरका किसानहरू जल तथा मौसम विज्ञान विभागबाट मौसमको पूर्वसूचना पाएर खेतीपातीसम्बन्धी निर्णय गर्न सहज भएको बताउँछन्।
- किसानले ११५५ नम्बरमा फोन गरेर वा म्यासेजमार्फत मौसमको जानकारी लिई धान काट्ने समय तय गर्ने गरेका छन्।
- मौसमको पूर्वसूचनाले काटिसकेको अन्नबाली र बाढीबाट हुने क्षति कम भई किसानलाई ठूलो राहत मिलेको छ।
कञ्चनपुर । केही वर्ष अघिसम्म धान काट्ने निर्णय गर्दा आकाश नियाल्ने कृष्णपुर नगरपालिका–२ स्थित सरस्वती टोलका निलम कार्की अहिले मौसम पूर्वानुमानको सूचनाले ढुक्क छन् ।
कहिले पानी पर्छ, कति पर्छ र वर्षाको सम्भावना कस्तो छ भन्ने जानकारी उहाँको मोबाइलमै आइपुग्छ । मौसमबारे जानकारी लिन म्यासेजका अलावा फोन गर्न सकिन्छ । “पहिला धान काट्न आकाशको बादल हेरेर निर्णय गर्नुपर्थ्यो अहिले मौसमको पूर्वसूचनाले सहज भएको छ,” कार्कीले भने, “११५५ मा फोन गरेर जानकारी लिएपछि धान काट्ने समय तय हुन्छ ।”
पाँच कट्ठा जग्गामा धानखेती गरेका उनले हाल जल तथा मौसम विज्ञान विभागबाट जानकारी लिएर मात्रै खेतीपातीको निर्णय गर्ने गरेको जानकारी दिए । खेती भित्र्याउन मात्रै होइन नदीमा बाढी आएपछि साइरन बज्ने र मोबाइलमा म्यासेज आउने गरेको उनको भनाइ छ ।
मौसम पूवार्नुमानको सूचनाले कार्की जस्तै कृष्णपुरकै निर्मला बडूलाई खेतमा काम गर्न सहज भएको छ । “११५५ मा मौसमबारे जानकारी लिएपछि मात्रै धान काट्ने समय तह हुन्छ,” बडूले भनिन्, “आवश्यक जानकारी लिएर नै खेतमा धान काटेका छौँ ।”
उनले विभागले दिने पूर्वजानकारीले हाल खेतीपातीको काम गर्न धेरै सहज र भएको बताइन् । उनले चार कट्ठा जमिनमा धानखेती गरेकी छन् । विभागले बुधबार कञ्चनपुरमा पानी पर्ने सम्भावना रहेको जानकारी गराएपछि कञ्चनपुरका किसान सचेत भएका छन् ।
मौसम पूर्वानुमानको सूचनाले अन्नबालीमा हुने क्षति कम भएको बेदकोट नगरपालिका–७ का किसान विसन पन्त बताउँछन् । उनले विभागले जारी गर्ने पूर्वसूचनाले किसानको बालीनालीको सुरक्षा भएको बताए । उनले भने, “पूर्वसूचनाले एकातर्फ किसानको अन्नबाली सुरक्षित भयो अर्कोतर्फ बाढीबाट हुने क्षति कम भएको छ ।”
विभागबाट आउने सूचना भरपर्दो भएपछि किसानका लागि वरदान साबित भएको छ । “केही वर्षअघि सम्म काटेका धान खेतमै डुब्थे अहिले त्यो समस्या झेल्नु परेको छैन,” उनले भने, “तर पछिल्लो समय सामाजिक सञ्जालमा आउने मौसमसम्बन्धी सूचनाले सत्य हो कि होइन विश्वास गर्नै गाह्रो हुन्छ ।”
जिल्लाको कुल एक लाख ६१ हजार ६२४ हेक्टर क्षेत्रफलमध्ये ५६ हजार ३६३ हेक्टर खेतीयोग्य रहेको छ । जसमध्ये ४८ हजार ४९६ हेक्टरमा धानखेती हुने गरेको छ । यस्तै, ३१ हजार २१० हेक्टरमा गहुँखेती हुने गरेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ ।

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

लाङटाङ र गोसाईकुण्ड पदयात्राका लागि खुला

ज्ञानेन्द्र शाहीको व्यङ्ग्य: ‘प्रचण्डज्यू, दसैँपछिको त्यो आँधी–तुफान कहाँ पुग्यो?’

केन्द्रीय कारागारबाट फरार एकजना कैदीबन्दी पक्राउ

दसैँको टीकाको तेस्रो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
अरुपनि पढ्नुहोस
सबै
नेपाललाई तीन अर्ब अनुदान दिने हानिनोक्सानी कोषको निर्णय

रास्वपा सभापति लामिछाने ३ दिने भ्रमणका लागि आज भारत जाँदै

प्राकृतिक स्रोतको उपयोगबाट करोडौँ आम्दानी

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह
















