आज विदेशी मुद्राको भाउ कति पुग्यो ? यस्तो छ राष्ट्र बैंकको विनिमयदर

नवलपुर टुडे

सारांश
- नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ५८ पैसा कायम गरिएको छ।
- युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८४ पैसा तथा युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ७५ पैसा तोकिएको छ।
- विदेशी मुद्राको यो विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्ने र वाणिज्य बैङ्कहरूले तोक्ने दर यसभन्दा फरक हुन सक्ने केन्द्रीय बैङ्कले जनाएको छ।
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ७५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ २४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ४४ पैसा र बिक्रीदर १२० रुपैयाँ ९१ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ७३ पैसा र बिक्रीदर नौ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ९७ पैसा र बिक्रीदर २३ रुपैयाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ४१ रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ २४ पैसा र बिक्रीदर ४२ रुपैयाँ ४१ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ५० पैसा र बिक्रीदर ११ रुपैयाँ ५५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १७ पैसा र बिक्रीदर २३ रुपैयाँ २६ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १९ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिददर ४९९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ६४ पैसा, बहराइन दिनार एकको खरिददर ४०८ रुपैयाँ ४१ पैसा बिक्रीदर ४१० रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३९९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ५१ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

लाङटाङ र गोसाईकुण्ड पदयात्राका लागि खुला

ज्ञानेन्द्र शाहीको व्यङ्ग्य: ‘प्रचण्डज्यू, दसैँपछिको त्यो आँधी–तुफान कहाँ पुग्यो?’

केन्द्रीय कारागारबाट फरार एकजना कैदीबन्दी पक्राउ

दसैँको टीकाको तेस्रो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
अरुपनि पढ्नुहोस
सबै
नेपाललाई तीन अर्ब अनुदान दिने हानिनोक्सानी कोषको निर्णय

रास्वपा सभापति लामिछाने ३ दिने भ्रमणका लागि आज भारत जाँदै

प्राकृतिक स्रोतको उपयोगबाट करोडौँ आम्दानी

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह
















