Opens in a new tab

कांग्रेस सभापति गगन थापाले गराए १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दर्ता

नवलपुर टुडे

5KShares

सारांश

  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
  • उनले राष्ट्रिय सभागृहमा पुगेर साँझ ६ बजेर ५ मिनेटमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
  • वर्षाका कारण केही उम्मेदवारहरू छुट्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय बेलुकी ७ बजेसम्म बढाएको थियो।

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । थापाले साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृहमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन समितिले वर्षाका कारण केही आकांक्षीले उम्मेदवारी दिन छुटेको हुन सक्ने भन्दै समय बढाएर बेलुकी ७ बजेसम्म पुर्याएको हो ।