हुण्डीमार्फत एक अर्ब ५७ करोड कारोबार गरेको आरोपमा दुईजना पक्राउ

नवलपुर टुडे

सारांश
सुनसरी । हुण्डीमार्फत एक अर्ब ५७ करोडभन्दा बढी रकमको कारोबार गरेको आरोपमा प्रहरीले विराटनगरबाट दुईजनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१५, रानीका ५६ वर्षीय शम्भुप्रसाद साह र विराटनगर–१७ का ३५ वर्षीय सुरजप्रसाद साहलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।
“विभिन्न व्यक्तिले हुण्डी कारोबार गर्दै आएका भन्ने सूचनाका आधारमा शंकास्पद व्यक्तिको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा शम्भुप्रसाद र सुरजप्रसादले अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत तथा फर्मका नाममा रहेका बैंक खाता प्रयोग गरी एक अर्ब ५७ करोड ६४ लाख ३९ हजार ३४० रुपैयाँबराबरको रकम हुण्डीमार्फत कारोबार गरेको देखियो,” जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले भने ।
पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुर, संगठित अपराध निवारण ऐन, २०७० तथा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ बमोजिमको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको सूचना अधिकारी खड्काले बताए । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

मोदीको २५ वर्षे सार्वजनिक जीवन: भन्छन्, ‘जनताको विश्वास नै मेरो शक्ति’

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

नरेन्द्र मोदी सरकार प्रमुख बनेको २५ वर्ष : मन्त्रिपरिषद्द्वारा बधाई प्रस्ताव पारित
अरुपनि पढ्नुहोस
सबै
४४ उपसचिवको सरुवा, को कहाँ भयो ?(सूचीसहित)

कांग्रेस १५औैँ महाधिवेशन: सभापतिमा थापा खड्गी र राठौर को प्रतिस्पर्धा

बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित

नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आह्वान















