समाचार

नापी सर्वेक्षक घुससहित पक्राउ

नवलपुर टुडे
२०८३ भदौ ३१ | मध्यान्ह ०१:०५ बजे

महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय बर्दिबासमा कार्यरत नापी सर्वेक्षक शिवकुमार साहलाई रु एक लाख घुससहित पक्राउ गरेको छ ।

आयोगको टोलीले नापी सर्वेक्षक साहलाई सेवाग्राहीसँग घूस लिँदै गरेको अवस्थामा बर्दिबासस्थित एक होटलबाट आज साँझ पक्राउ गरेको हो ।

सर्वेक्षक साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको आयोगको बर्दिबास कार्यालयका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए ।

कमेन्टहरु