दूध उत्पादन बढाउन अनुदान

नवलपुर टुडे

सारांश
तनहुँ । तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अनुदान उपलब्ध गराएको छ ।
केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत रु ८० लाख ११ हजार अनुदान वितरण गरेको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीका अनुसार जिल्लाका १३ वटा दुग्ध उत्पादक सहकारी संस्थामार्फत किसानलाई प्रोत्साहन रकम उपलब्ध गराइएको हो ।
उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमले किसानलाई बढी दूध उत्पादन गर्न उत्प्रेरित गरेको उहाँले बताउनुभयो । दूध बिक्रीबाट प्राप्त आम्दानीसँगै उत्पादनका आधारमा अतिरिक्त प्रोत्साहन रकम प्राप्त हुने भएपछि किसानमा पशुपालन व्यवसायप्रति थप आकर्षण बढेको उनको भनाइ छ ।

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबिच लोकतान्त्रिक सहकार्यको इतिहास छ : अध्यक्ष खर्गे

दसैँअघि नै बेत्रावतीमा बेलीब्रिज सञ्चालनमा आउने

पार्टीको जिम्मेवारीसँगै जिल्लाको समृद्ध विकासमा प्रतिबद्ध रहने शाहानिको भनाइ

विजयनगरमा जिल्ला स्तरीय इनामी क्विज प्रतियोगिता सम्पन्न

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी
अरुपनि पढ्नुहोस
सबै
स्पेनमा घर भाडा र आवास सङ्कट : लाखौँ प्रदर्शनकारी सडकमा

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

जापानमा महिलाको हत्या गरेको आरोपमा एक अमेरिकी नौसैनिक पक्राउ

















