नवलपरासीमा स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ

नवलपुर टुडे

सारांश
परासी । पश्चिम नवलपरासीमा स्रोत नखुलेको रकमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छन । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका- ६ गुठिप्रसौनी बस्ने बर्ष २५ को अंकित गुप्ता र सोही स्थान बस्ने बर्ष २० को अभिनन्दन गुप्ता रहेका छन ।
उनीहरुलाई शंका लागि चेकजाँच गर्नेक्रममा युपि ५६ बिएच ६५५६ भारतीय नम्बरको मोटरसाइकलमा लुकाई छिपाई ल्याएको स्रोत नखुलेको नेपाली रकम रु. २१,६०,०००/-(एक्काईस लाख साठी हजार) नगदसहित मोटरसाइकल र दुबै जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन थापाले नवलपुर टुडेलाई जानकारी दिएको छ ।
उनीहरुलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतापपुर गाउँपालिका- ९ बेलाटारीबाट पक्राउ गरेका हुन । पक्राउ पर्ने दुबै जनालाई ईलाका प्रहरी कार्यालय बेलाटारीको हिरासतमा राखी थप अनुसन्धान भईरहेको थापाले बताए ।


भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबिच लोकतान्त्रिक सहकार्यको इतिहास छ : अध्यक्ष खर्गे

दसैँअघि नै बेत्रावतीमा बेलीब्रिज सञ्चालनमा आउने

पार्टीको जिम्मेवारीसँगै जिल्लाको समृद्ध विकासमा प्रतिबद्ध रहने शाहानिको भनाइ

विजयनगरमा जिल्ला स्तरीय इनामी क्विज प्रतियोगिता सम्पन्न

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी
अरुपनि पढ्नुहोस
सबै
स्पेनमा घर भाडा र आवास सङ्कट : लाखौँ प्रदर्शनकारी सडकमा

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

जापानमा महिलाको हत्या गरेको आरोपमा एक अमेरिकी नौसैनिक पक्राउ

















