रसुवाको स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

नवलपुर टुडे

सारांश
- भोटेकोशीको बाढीले सडक अवरुद्ध भएपछि रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिका जोडने अस्थायी काठेपुल सञ्चालनमा आएका छन्।
- वडा कार्यालय र स्थानीयवासीको संयुक्त पहलमा तीन दिन लगाएर निर्माण गरिएको यो पुल बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।
- पुल सञ्चालनमा आएपछि खाम्जिङ, टिमुरे र लाङटाङतर्फ आवतजावत गर्ने स्थानीय बासिन्दालाई यात्रा गर्न सहज भएको छ।

रसुवा । भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन्। स्थानीयवासीको आवतजावतलाई सहज बनाउन निर्माण गरिएको अस्थायी काठेपुल बिहीबारदेखि सञ्चालनमा आएको हो।
गोसाइँकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष मिङमार छिरिङ तामाङका अनुसार बाढीले सडक अवरुद्ध पारेपछि वडा कार्यालय र स्थानीयवासीको संयुक्त अगुवाई तथा व्यवस्थापनमा लगातार तीन दिन लगाएर सो पुल निर्माण गरिएको हो।
काठेपुल सञ्चालनमा आएसँगै गोसाइँकुण्ड गाउँपालिका– ३ को खाम्जिङ, वडा नं २ को टिमुरे र वडा नं ४ को लाङटाङ आवतजावत गर्ने स्थानीयवासीलाई सहज भएको वडाध्यक्ष तामाङले जानकारी दिए। वडा कार्यालय र स्थानीय युवाको पहलमा पुल निर्माण गरिएको हो। पुलका लागि आवश्यक काठ स्थानीयस्तरमा नै संकलन गरिएको थियो।

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

झापाको सानो माईखोलाको बगरमा बदाम खेती

कर्णालीको गौरव: धमाधम निर्माण हुँदै प्रशासनिक भवन
अरुपनि पढ्नुहोस
सबै
लुम्बिनी–गोवा पर्यटन सर्किट बनाउने प्रस्ताव, सीधा उडानमा जोड

तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

पोखरामा तिहारलक्षित गोदावरी तथा सयपत्री पुष्प मेला पोखरा रङ्गशालामा सुरु

बैतडीमा जिप दुर्घटनामा एक जनाको मृत्यु, छ जना घाइते
















