गैरदलीय स्थानीय तह निर्माण अभियानद्वारा माइतीघरमा प्रदर्शन, आन्दोलनको आँधीवेहरी ल्याउने चेतावनी

नवलपुर टुडे

सारांश
- राजधानीको माइतीघरमा स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा गराएर गैरदलीय स्थानीय तह निर्माण गर्न माग गर्दै प्रदर्शन गरिएको छ।
- वक्ताहरूले स्थानीय तहमा हुने दलीय हस्तक्षेप र टिकटको लिलामविक्रीले भ्रष्टाचार बढाएको भन्दै यसको अन्त्यका लागि गैरदलीय चुनाव अपरिहार्य रहेको बताएका छन्।
- सरकारले जनभावनाको बेवास्ता गरेर गैरदलीय व्यवस्था लागू नगरे थप कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिइएको छ।

काठमाडौं । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुबीच प्रतिष्पर्धा गराएर गैरदलीय निर्माणको माग गर्दै राजधानीको माइतीघरमा प्रदर्शन गरिएको छ । बुधबार गैरदलीय स्थानीय तह निर्माणका लागि ऐक्यवद्धता सभामा देशका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुले स्थानीय तहलाई स्वतन्त्र र जवाफदेही बनाउने दलीयकरणबाट मुक्त राख्नुपर्ने माग राखे । उनीहरुले सरकारले गैरदलीय स्थानीय तह निर्माण नगरे आन्दोलनको आँधीवेहरी ल्याउने चेतावनी समेत दिए ।
गैरदलीय स्थानीय तह निर्माण अभियानका संयोजक दिनेश सुवेदीले स्थानीय तहलाई अझ लोकतान्त्रिक, पारदर्शी र जवाफदेही बनाउने गैरदलीय चुनावबाट प्रतिनिधि निर्वाचित गर्नुपर्नेमा जोड दिए । सँसारका ८० प्रतिशत देशमा स्थानीय तहलाई गैरदलीय बनाइएको उदाहरण दिदै नेपालमा पनि त्यस्तै हुनुपर्ने बताए । उनले सरकारलाई आफूले वाचापत्र भनी घोषणा गरेको चुनावी घोषणापत्र सम्झाउँदै तत्काल संविधानमै व्यवस्था भएको गैरदलीय स्थानीय तहको अभ्यासमा जोड दिए ।
नेकपा मालेका महासचिव सीपी मैनालीले स्थानीय तहमा गैरदलीय अवस्था निर्माण गर्नुको विकल्प नभएको बताए । सबैतर्फ दलीय हस्तक्षेप हुँदा भ्रष्टाचार र अनियमितता व्याप्त भएको उनको भनाई थियो । स्थानीय तहमा स्थानीय स्वतन्त्र व्यक्तिहरु प्रतिनिधिका रुपमा आएमा अझ काम राम्रो र पारदर्शी हुने तर्क गरे ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले स्थानीय तहमा टिकटको लिलामविक्री अन्त गर्न पनि गैरदलीय स्थानीइ तह अपरिहार्य भएको बताए । संविधानमा समेत स्थानीय तहमा गैरदलीय चुनाव गर्न सकिने प्रावधान रहेकोले कार्यान्वयनमा जानुपर्ने बताए । बालेन्द्र साह नेतृत्वको सरकारले विगतमा स्थानीय तहलाई गैरदलीय निर्माण गर्ने प्रतिवद्धता जनाएकोमा जनतालाई धोका दिन खोजेको आरोप लगाए । स्थानीय तहमा चुनावको घोषण नहुँदै रास्वपाभित्र टिकटको किनबेच चलेकोमा तत्काल छानविन हुनुपर्नेमा जोड दिए ।
वरिष्ठ पत्रकार ऋषि धमलाले स्थानीय तहलाई गैरदलीय निर्माण गरेर सरकारले गरेको वाचा पूरा गर्नुपर्ने बताए । सरकार दुई तिहाईको शक्तिशाली भएको हुँदा यो समयमा स्थानीय तहको चुनावलाई स्वतन्त्र व्यक्तिहरुबीच मात्र प्रतिष्पर्धा हुने गरी व्यवस्था गर्न माग गरे ।
जाग नेपालीका संयोजक डा. दीपेश केसीलाई स्थानीय तहलाई गैरदलीय निर्माण नगरे आन्दोलनको आँधीबेहरी आउने चेतावनी दिए । देशको सबै क्षेत्रमा स्थानीय तहलाई गैरदलीय निर्माण गर्न माग चलिरहेकोले बेवास्ता गरे सरकार नै समस्यामा पर्ने बताए । स्वतन्त्रको लहर देशैभरी आउँदा बालेन्द्र साह प्रधानमन्त्री सम्म बनेको तर अहिले आएर वाचा भुलेको बताए । सरकारले जनभावना बेवास्ता गरेर स्थानीय चुनावमा जर्बजस्ती गरेमा टकराव हुने बताए ।
सामाजिक अभियन्ता रवीन्द्र महर्जनले स्थानीय तहलाई दलको सिन्डिकेट बनाइएकोमा परिवर्तन अनिवार्य भएको बताए । उनले दलको शाखामा स्थानीय तहलाई परिणत गर्दा समस्याहरु बढिरहेको बताए ।
स्थानीय तह गैरदलीय निर्माण अभियानका अभियन्ताहरु डा. प्रकाश अधिकारी, अनिष वैद्य, भूपेन्द्र नेम्वाङ, अधिवक्ता तिलकबहादुर रिजाललगायतले स्थानीय तह गैरदलीय बनाइछाड्न सडक संघर्ष गरिरहने बताए ।

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ
अरुपनि पढ्नुहोस
सबै
रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो
















