Opens in a new tab

देशमा अर्नब चक्रवातको असरः आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

नवलपुर टुडे

3.3KShares

सारांश

  • देशमा पश्चिमी वायुका साथै बङ्गालको खाडीमा विकसित चक्रवातको आंशिक प्रभावले अहिले देशभर साधारणतया बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको छ।
  • दिउँसो र राति देशका अधिकांश भूभागमा चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने तराईका केही क्षेत्रमा हावाहुरी चल्न सक्छ।
  • कोशी, मधेस, बागमती, गण्डकीलगायतका विभिन्न प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा र हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
dida bag ad

काठमाडौँ, कात्तिक १३ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ । साथै कोशी र बागमती प्रदेशको पहाडी र तराई भूभागमा तथा मधेस प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको अधिकांश स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको बाँकी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यम सम्म वर्षा र हिमपातको सम्भावना छ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ ।

राति देशभर अधिकांश बादल लाग्नेछ । देशका अधिकांश स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ । देशको थोरै स्थानमा भारी वर्षा र हिमपात सम्भावना छ ।शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात सम्भावना रहेको महाशाखाले जनाएको छ ।