भकिम्लीका किसान व्यावसायिक गाईपालनमा

रासस

सारांश
- म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसानहरू परम्परागत पशुपालन छाडी उन्नत जातको व्यावसायिक गाईपालनतर्फ आकर्षित भएका छन्।
- सहकारीको सहयोगमा जर्सी र होलस्टेन जातका गाई पालेर यहाँका कृषकले दूध उत्पादन गरी मनग्ये आम्दानी लिन थालेका छन्।
- उत्पादित दूध पोखरासम्म बिक्रीका लागि पठाइने गरिएको भए पनि सडक जीर्ण हुँदा ढुवानी र कृत्रिम गर्भाधानमा केही समस्या भएको छ।

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसान व्यावसायिक गाईपालनमा आकर्षित भएका छन् ।
परम्परागत पशुपालनको विकल्पमा उन्नत जातको गाईपालन गरेर आयआर्जन वृद्धि र स्वरोजगार बन्न थालेका हुन् । भकिम्ली ग्रामीण कृषि सहकारी संस्थामार्फत उन्नत जर्सी र होलस्टेन जातको गाई भित्र्याएर दूध उत्पादन गर्न थालिएको हो ।
संस्थाका अध्यक्ष लालबहादुर पुनले गत वर्ष गाईपालन थालेका आठ जना किसानको सफलताले यसपालि १० जना किसान थपिने क्रममा रहेका जानकारी दिए । “उपयुक्त हावापानी र आम्दानीको सम्भावना देखिएपछि गाईपालन विस्तार हुन थालेको छ”, उनले भने, “गाईपालन गर्ने किसानका लागि सहकारीले सहुलियत ब्याजदरमा ऋण लगानीको सुविधा दिएका छौँ ।”
होलस्टेन र जर्सी जातको गाईपालन सुरु गरेका हुन् । यसअघि भकिम्लीमा दूध बिक्री गर्ने उद्देश्यले गाईपालन भएको थिएन । घरायसी उपभोगका लागि स्थानीय जातका गाई पाल्ने गरेका थिए । घरायसी उपभोग र स्थानीय उपभोक्तालाई बेचेर बचेको दैनिक ४० लिटर दूध बेनी नगरपालिका–४ सिङ्गामा रहेको बास्कुना कृषि सहकारी संस्थामार्फत पोखराको सिजल डेरी उद्योगमा पठाउने गरिएको छ ।
दुई वटा उन्नत जातका गाई पालेका किसान चित्रबहादुर पुनले दैनिक २० लिटरसम्म दूध उत्पादन गर्न सकिने बताए । “अहिले एउटाले मात्र दूध दिन्छ, अर्को ब्याउने छ”, उनले भने, “एउटा गाईको दूध बेचेर खर्च कटाउँदा गत महिना रु २७ हजार बचत भयो ।”
विदेश र छ वर्ष स्वदेशकै कृषि कम्पनीमा काम गरेको अनुभवका आधारमा गाईपालन सुरु गरेको पुनले बताउनुभयो । बेनीदेखि भकिम्ली जोड्ने सडक जीर्ण हुँदा दूध ढुवानी र कृत्रिम गर्भाधान सेवाका लागि समस्या भएको किसानले बताएका छन् ।
बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले बेनीदेखि दूधेखोला खण्डका सडक प्रदेश सरकारमार्फत स्तरोन्नति भएको र हल्लेगौडादेखि माथिको सडक यस वर्षदेखि सङ्घीय सरकारमार्फत स्तरोन्नतिको चरणमा रहेको बताए ।
सडक स्तरोन्नति भएपछि कृषि उपज निकासी, आवतजावत र दूवानीमा सहज हुने बताउँदै दसैँलगत्तै वडा कार्यालयमा पशु प्राविधिक आएपछि कृत्रिम गर्भाधान सेवा सञ्चालन गरिने वडाध्यक्ष पुनले जानकारी दिए ।

सुन्दरीजलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

छठअघि सिर्सिया नदी सफाइ अभियान

धनौजी गाउँपालिकाबाटै चालक अनुमतिपत्र वितरण सुरु

दीपावली र छठ: माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय
अरुपनि पढ्नुहोस
सबै
बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गरौँ : पोखरेल

हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन
















