मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान

नवलपुर टुडे

सारांश
- मौसममा सुधार आएपछि भोजपुरका किसानहरू धान काट्ने र थन््याउने काममा व्यस्त भएका छन्।
- केही दिन अगाडिको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याएको भए पनि किसानहरू बाँकी उत्पादन जोगाउन अर्मपर्म गरेर धान भण्डारण गरिरहेका छन्।
- प्रमुख खाद्यबालीको रूपमा रहेको धान समयमै घरमा भित्र्याउन अहिले जिल्लाका सबै स्थानीय तहका किसानहरूको मुख्य प्राथमिकता बनेको छ।

भोजपुर । निरन्तर वर्षापछि मौसममा सुधार आएसँगै भोजपुरका किसानलाई धानबाली भित्र्याउने चटारो परेको छ । वर्षाका कारण रोकिएको धान काट्ने र थन्क्याउने काममा मौसम खुलेसँगै किसान बिहानैदेखि खेतबारीमा व्यस्त हुन थालेका हुन् ।
धान पाकेर खेतमा पहेँलपुर भएको अवस्थामा परेको बेमौसमी वर्षाले धान भित्र्याउने काम प्रभावित भएको थियो । अहिले किसान खेतमा धान काट्ने, मुठा बाँध्ने, सुकाउने र घरमा भण्डारण गर्ने काममा जुटेका छन् । कतिपय स्थानमा किसानले एकअर्काको खेतमा अर्मपर्म गरेर धान थन्क्याउन लागेको छन् ।
किसान अन्य काम छाडेर धान भण्डारणको काममा लागेको स्थानीय किसान नवराज फुयाँलले बताए । वर्षाका कारण धानबालीमा केही क्षति पुगे पनि बाँकी रहेको उत्पादन जोगाउन किसान लागिपरेका उनको भनाइ छ ।
“हामी किसान धान भण्डारणको काममा लागेका छौँ”, उनले भने, “अहिलेको कामको मुख्य प्राथमिकता नै धान हो । सबैले एकसाथ काम थालेकाले गाउँघरमा खेतला पाउन नै मुस्किल छ ।”
धान भोजपुरका किसानको प्रमुख खाद्यबाली हो । जिल्लाका नौ वटै स्थानीय तहमा धानखेती हुँदै आएको छ । मौसममा आएको सुधारले धान भित्र्याउन सहज भए पनि वर्षाका कारण धानबाली केही क्षति पुगेपछि भने किसान चिन्तित बनेका छन् ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















