बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गरौँ : पोखरेल

रासस

सारांश
- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
- उनले बुटवल र दाङबीच प्रतिस्पर्धा नगराई दुवै क्षेत्रको सम्भावना उपयोग गर्दै समग्र प्रदेशको सन्तुलित विकास गर्नुपर्ने स्पष्ट पारे।
- मुलुकको आर्थिक समृद्धि र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरूबीच सहकार्य र संवाद अपरिहार्य रहेको उनको भनाइ छ।

बुटवल । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
प्रेस चौतारी नेपाल, रुपन्देहीले बुटवलमा सोमबार आयोजना गरेको कार्यक्रममा उनले आफू मुख्यमन्त्री रहँदा बुटवलमा प्रदेशकै ठूलो विकास परियोजनाका रूपमा लुम्बिनी प्रादेशिक अस्पतालको योजना अगाडि बढाइएको स्मरण गरे । उनले प्रदेशका सबै क्षेत्रको सन्तुलित विकासमा ध्यान दिनुपर्ने उल्लेख गरे ।
प्रदेश राजधानीको विषयलाई लिएर बुटवल र दाङबीच प्रतिस्पर्धा गराउनुभन्दा दुवै क्षेत्रको सम्भावना उपयोग गर्दै समग्र प्रदेशको विकासलाई प्राथमिकतामा राख्नुपर्ने स्पष्ट पारे ।
विकासका साझा एजेन्डामा राजनीतिक आग्रहभन्दा माथि उठेर सहकार्य गर्नसके प्रदेशको आर्थिक तथा सामाजिक समृद्धिमा योगदान पुग्ने उनको भनाइ थियो ।
लोकतन्त्रको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन र मुलुकको विकासका लागि राजनीतिक दलहरूबीच सहकार्य र संवाद आवश्यक रहेको महासचिव पोखरेलको भनाइ थियो ।

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

झापाको सानो माईखोलाको बगरमा बदाम खेती

कर्णालीको गौरव: धमाधम निर्माण हुँदै प्रशासनिक भवन
अरुपनि पढ्नुहोस
सबै
लुम्बिनी–गोवा पर्यटन सर्किट बनाउने प्रस्ताव, सीधा उडानमा जोड

तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

पोखरामा तिहारलक्षित गोदावरी तथा सयपत्री पुष्प मेला पोखरा रङ्गशालामा सुरु

बैतडीमा जिप दुर्घटनामा एक जनाको मृत्यु, छ जना घाइते
















