प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

रासस

सारांश
- धानबालीको मुख्य सिजनमा किसानलाई पानीको अभाव हुन नदिन मुलुकका प्रमुख सिँचाइ नहर प्रणालीहरू पूर्ण क्षमतामा सञ्चालन गरिएका छन्।
- बाली लगाउने र उत्पादन गर्ने समयमा नियमित रूपमा पानी उपलब्ध गराउन मर्मतसम्भारका कामहरू बाली भित्र्याएपछि मात्र गर्ने गरी कार्यतालिका मिलाइएको छ।
- सिक्टा, बबईसहित विभिन्न क्षेत्रमा नयाँ सिँचाइ सुविधा विस्तार गरिएको र यसबाट कृषि उत्पादन वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

काठमाडौँ । बाली उत्पादनको मुख्य सिजनमा मुलुकका प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालनमा आउने भएका छन् ।
किसानका खेतसम्म पर्याप्त पानी पुर्याउने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले धानबालीलाई प्राथमिकतामा राखेर नहर सञ्चालन गरिरहेको छ ।
त्यस्तै, राजापुर सिँचाइ व्यवस्थापन कार्यालयले १४ हजार १३८ हेक्टर क्षेत्रफलमा सिँचाइ सेवा पुर्याइरहेको छ ।
कमला सिँचाइ प्रणाली, भेरी कोरिडोर र बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाका नहर धानबालीका लागि निरन्तर सञ्चालनमा रहेका छन् । बाली लगाउने र उत्पादन गर्ने समयमा किसानलाई पानीको अभाव हुन नदिन निर्माण तथा मर्मतसम्भारका काम बाली भित्र्याएपछि गर्नेगरी कार्यतालिका मिलाइएको विभागले जनाएको छ ।
विभागका महानिर्देशक दिनेश रजौरियाका अनुसार धानबालीको सिजनमा किसानलाई नियमित पानी उपलब्ध गराउनु विभागको प्राथमिकतामा छ । सोहीअनुसार नहर सञ्चालनलाई निरन्तरता दिँदै निर्माणका कामलाई अनुकूल समयमा अघि बढाउने व्यवस्था गरिएको छ ।
यसैबिच, पछिल्लो समय विभिन्न क्षेत्रमा नयाँ सिँचाइ सुविधा विस्तार गरिएको छ । पोखरा ९कास्की० अन्तर्गत ३५ हेक्टर, भेरी करिडोरमा १० हेक्टर र विराटनगर क्षेत्रमा तीन हेक्टरमा नयाँ सिँचाइ सुविधा थपिएको महानिर्देशक रजौरियाले जानकारी दिए ।
त्यस्तै, सिक्टा र बबई सिँचाइ आयोजनासहित गत भदौ मसान्तसम्म मुलुकभर करिब २०० हेक्टर नयाँ जमिनमा सिँचाइ सुविधा विस्तार भएको विभागले जनाएको छ । सिँचाइ प्रणालीको विस्तार र सञ्चालनले कृषि उत्पादन वृद्धि तथा किसानलाई खेतीपातीमा सहजता पुग्ने अपेक्षा गरिएको छ ।

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

काठमाडौंमा प्रहरीको स्वीप अपरेसन, एक सातामा ६४० जना पक्राउ

बागलुङमा एकै पटक १५ बेलिब्रिज निर्माण हुँदै

यस्तो छ विदेशी मुद्राको विनिमय दर

फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
अरुपनि पढ्नुहोस
सबै
बुद्ध एयरको उडान ढिलाइ हुँदा यात्रुहरू घण्टौँदेखि अलपत्र

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न

बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा
















