काठमाडौंमा प्रहरीको स्वीप अपरेसन, एक सातामा ६४० जना पक्राउ

नवलपुर टुडे

सारांश
- काठमाडौं उपत्यकामा शान्तिसुरक्षा सुदृढ बनाउन सञ्चालन गरिएको विशेष ‘स्वीप अपरेसन’ का क्रममा एक सातामा विभिन्न कसूरमा संलग्न ६४० जनालाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा अदालतबाट दोषी ठहर भई फरार रहेका ८२ जना र चालु मुद्दाका २० जना फरार प्रतिवादीसमेत रहेका छन्।
- प्रहरीले सार्वजनिकस्थल, बसपार्क, बजार तथा भिडभाड हुने क्षेत्रमा निगरानी बढाउँदै आपराधिक गतिविधि नियन्त्रण अभियानलाई निरन्तरता दिने जनाएको छ।

काठमाडौं । काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा एक सातामा ६४० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ८२ जना कसुरदार रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कात्तिक ९ गतेदेखि १६ गतेसम्म काठमाडौंका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ५५९ पुरुष, ७८ महिला र तीनजना अन्य रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ८२ जना तथा चालु मुद्दामा फरार रहेका २० जना प्रतिवादी रहेका छन् । उनीहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।
विशेष अभियानअन्तर्गत सार्वजनिकस्थल, सार्वजनिक यातायात, सरकारी कार्यालय आसपास, बसपार्क, व्यस्त बजार तथा बढी भिडभाड हुने क्षेत्रमा निगरानी र जाँचलाई तीव्र पारिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाले समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्नुका साथै सम्भावित आपराधिक गतिविधि रोकथाम र नियन्त्रण गर्न विशेष प्रहरी टोली परिचालन गरिएको जानकारी दिए ।
उनका अनुसार बसपार्क, सार्वजनिक यातायात, व्यस्त बजार तथा सेवाग्राहीको बढी उपस्थिति रहने सरकारी कार्यालय आसपास चोरी, लुटपाट, दुर्व्यवहार र बिचौलियाका गतिविधि हुनसक्ने भएकाले त्यस्ता क्षेत्रमा विशेष निगरानी बढाइएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका व्यक्तिमाथि लागेका आरोप तथा उनीहरूको संलग्नताबारे थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले अपराध नियन्त्रण र नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्न विशेष निगरानी तथा जाँच अभियानलाई निरन्तरता दिने जनाएको छ ।

बागलुङमा एकै पटक १५ बेलिब्रिज निर्माण हुँदै

यस्तो छ विदेशी मुद्राको विनिमय दर

फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

बुद्ध एयरको उडान ढिलाइ हुँदा यात्रुहरू घण्टौँदेखि अलपत्र

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य
अरुपनि पढ्नुहोस
सबै
चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न

बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान
















