प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान

नवलपुर टुडे

सारांश
- नेपाल प्रेस युनियन रुपन्देहीद्वारा दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ।
- कार्यक्रमका वक्ताहरूले लोकतन्त्रको रक्षा, नागरिक अधिकारको संरक्षण र प्रेस स्वतन्त्रताको पक्षमा पत्रकारिताको भूमिका अपरिहार्य रहेकोमा जोड दिएका छन्।
- पत्रकारहरूको हकहित, व्यावसायिक सुरक्षा र निर्भीक पत्रकारिताको संरक्षणका लागि नेपाली काँग्रेसले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीले नेपालीहरूको महान् पर्व शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार बुटवलमा आयोजना गरिएको शुभकामना कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेस केन्द्रीय सदस्य बालकुमारी भण्डारीले लोकतन्त्रको रक्षा र नागरिक अधिकारको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले पत्रकारले जनताका आवाज र सवाललाई उजागर गर्दै राज्यलाई जबाफदेही बनाउन योगदान दिएको उल्लेख गर्दै पत्रकारको हकहित, व्यावसायिक सुरक्षा र प्रेस स्वतन्त्रताको पक्षमा पार्टीले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँग्रेस रुपन्देहीका सभापति एवं तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने बताउनुभयो । उहाँले पछिल्लो समय सरकारबाट प्रेस तथा पत्रकारमाथि भएका व्यवहार र गतिविधिप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र कायम राख्न स्वतन्त्र प्रेस आवश्यक रहेको उल्लेख गर्नुभयो । विशिष्ट अतिथि खाणले पत्रकारको अधिकार र निर्भीक पत्रकारिताको संरक्षणमा नेपाली काँग्रेस सधैँ साथमा रहने बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका वडा, क्षेत्र, जिल्ला, प्रदेश तथा केन्द्रका विभिन्न तहका नेता तथा महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहेको थियो । त्यसै गरी नेपाल पत्रकार महासंघका जिल्ला, प्रदेश र केन्द्रका पदाधिकारी एवं सदस्यहरू, नेपाल प्रेस युनियनका केन्द्र, प्रदेश तथा जिल्ला तहका प्रतिनिधि, संस्थापक, पूर्व अध्यक्ष, अग्रज तथा वरिष्ठ पत्रकार,पत्रकार र युनियनका सदस्यहरूको उपस्थिति रहेको थियो ।
पत्रकार सम्बद्ध संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, उद्योगी व्यवसायी, सामाजिक संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूको समेत सहभागिता रहेको कार्यक्रममा पत्रकारिता, लोकतन्त्र र प्रेस स्वतन्त्रतासँग सम्बन्धित विषयमा चर्चा गर्दै शुभकामना आदान–प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका अध्यक्ष एवं नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कल्पना तिवारीले चाडपर्वले आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउने बताउनुभयो । उहाँले पत्रकारहरूको हकहित, व्यावसायिक सुरक्षा र स्वतन्त्र पत्रकारिताको पक्षमा नेपाल प्रेस युनियन रुपन्देही निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम नेपाल प्रेस युनियन रुपन्देहीका उपाध्यक्ष एवं कार्यक्रम संयोजक रमेश अर्यालको स्वागत तथा सचिव राम प्रसाद भण्डारीको संचालनमा सम्पन्न भएको हो ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















