Opens in a new tab

बुद्ध एयरको उडान ढिलाइ हुँदा यात्रुहरू घण्टौँदेखि अलपत्र

राम नारायण

335Shares

सारांश

  • राजविराज विमानस्थलमा बुद्ध एयरको उडान घण्टौँ ढिला हुँदा काठमाडौँ जान आएका यात्रुहरू अलपत्र परेका छन्।
  • विमानको चक्का पञ्चर भएको कारण देखाउँदै राति ९ बजे उडान हुने भनिए पनि विद्यार्थी र विदेश जाने यात्रुहरू अत्यधिक प्रभावित भएका छन्।
  • लामो प्रतीक्षाले भोक र थकानले हैरान भएका यात्रुहरूले सम्बन्धित निकायसँग जवाफदेहिता र क्षतिपूर्तिको माग गरेका छन्।
dida bag ad

राजविराज । सप्तरीको राजविराज विमानस्थलमा बुद्ध एयरको उडान ढिलाइ हुँदा यात्रुहरू घण्टौँदेखि अलपत्र परेका छन् । सोमबार दिउँसो १ बजेदेखि काठमाडौं जान विमानस्थल पुगेका यात्रुहरू रातिसम्म उडान नहुँदा समस्यामा परेका हुन् ।

काठमाडौंंबाट दिउँसो २ बजे आउनुपर्ने विमान ढिलोगरी साँझ ५ः३० बजे राजविराज अवतरण गरेको थियो । विमानको चक्का पङ्चर भएको भन्दै विमानस्थल व्यवस्थापनले राति करिब ९ बजे उडान हुने आश्वासन दिएको यात्रुहरूले बताएका छन् ।

उडान ढिलाइले राति १० बजे विदेश जाने टिकट भएका यात्रुदेखि भोलिपल्ट परीक्षा दिनुपर्ने विद्यार्थीसमेत प्रभावित भएका छन् । लामो समयको प्रतीक्षाले यात्रुहरू भोक र थकानले हैरान भएका छन् ।
यात्रुहरूले उडान ढिलाइका कारण विदेश यात्रा र शैक्षिक भविष्य प्रभावित हुने भन्दै सम्बन्धित निकायसँग जवाफदेहिता र क्षतिपूर्तिको माग गरेका छन् ।