Opens in a new tab

चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रासस

3.9KShares

सारांश

  • काठमाडौंको चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएकामा उपचारका क्रममा उनको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका-१ का सुमनप्रसाद अधिकारी रहेका छन्।
  • दुर्घटनामा संलग्न बस र चालकलाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ।
dida bag ad

काठमाडौं । काठमाडौंको चाबहिलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका-१ का सुमनप्रसाद अधिकारी रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार आज बिहान काठमाडौं महानगरपालिका-७ स्थित चाबहिल ओरालोमा गोपीकृष्ण पुलबाट चाबहिल चोकतर्फ आउँदै गरेको बाप्र ०२-०५३-१८६४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको प्रदेश ३-०१-००६ ख ०६३० नम्बरको भाडाको बसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकल चालक अधिकारी गम्भीर घाइते भएकामा उनलाई उपचारका लागि चाबहिलस्थित हेल्पिङ हेण्ड्स अस्पताल लगिएको थियो ।

अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

दुर्घटनामा संलग्न बस र चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले नियन्त्रणमा लिई अनुसन्धान थालेकाे उनले बताए ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

अरुपनि पढ्नुहोस

सबै