प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम रोक्न फोनिजको माग, १३ बुँदे सप्तरी घोषणापत्र जारी

राम नारायण

सारांश
- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को बैठकले समाचार लेखेकै आधारमा पत्रकारमाथि हुने धरपकड तथा प्रेस क्षेत्रलाई त्रसित पार्ने गतिविधि तत्काल रोक्न सरकारसँग माग गरेको छ।
- सरकारले लोककल्याणकारी विज्ञापनबापत सञ्चारमाध्यमलाई दिँदै आएको अनुदान कटौती गरेकोमा आपत्ति जनाउँदै सो निर्णय पुनर्विचार गर्न आग्रह गरिएको छ।
- बैठकद्वारा जारी १३ बुँदे घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र सञ्चारमाध्यमको संस्थागत विकासका लागि जोड दिइएको छ।

राजविराज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को पाँचौँ पूर्ण बैठकले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने गतिविधि रोक्न सरकारसँग माग गरेको छ।
सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर १ फत्तेपुरमा कात्तिक १४ र १५ सम्पन्न बैठकले १३ बुँदे सप्तरी घोषणापत्र जारी गर्दै समाचार लेखेकै कारण पत्रकारमाथि धरपकड गर्ने तथा प्रेस जगतलाई आतंकित पार्ने कार्य तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएको हो।
बैठकले समाचार लेखेकै आधारमा पत्रकारमाथि धरपकड गर्ने र सञ्चार क्षेत्रलाई त्रसित बनाउने सरकारी गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै त्यस्ता कार्यको भर्त्सना गरेको छ। प्रेस स्वतन्त्रता लोकतन्त्रको महत्वपूर्ण आधार भएकाले पत्रकारले निर्भीक र स्वतन्त्र रूपमा समाचार सम्प्रेषण गर्न पाउने वातावरण सुनिश्चित गर्न पनि सरकारसँग माग गरिएको छ।
त्यसैगरी, फोनिजले लोककल्याणकारी विज्ञापनबापत सञ्चारमाध्यमलाई प्रदान गरिँदै आएको सरकारी अनुदान कटौतीप्रति आपत्ति जनाएको छ। सञ्चारमाध्यमको आर्थिक अवस्था कमजोर बनाउने गरी गरिएको अनुदान कटौतीको निर्णय पुनर्विचार गर्न माग गर्दै पुरानै व्यवस्थाअनुसार लोककल्याणकारी विज्ञापनबापतको अनुदान उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ।
बैठकले जारी गरेको १३ बुँदे घोषणापत्रमार्फत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र सञ्चारमाध्यमको संस्थागत विकासका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















